नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9352 · वि.सं. २०७२

नि.नं. 9352 — कर्तव्य ज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

सहअभियुक्तको पोललाई प्रमाणको रूपमा लिन मिल्ने नमिल्ने सम्बन्धमा प्रमाण ऐन, २०३१ को दफा ३८ को साक्षी हुन सक्ने व्यक्तिमा मतियारलगायत जुनसुकै व्यक्ति साक्षी हुन सक्ने भनी उल्लेख गरिएको हुँदा सहअभियुक्तको पोललाई प्रमाणको रूपमा ग्रहण गर्न मिल्ने देखिने । वारदातसँग सार्थक सम्बन्ध रहेकी सहअभियुक्त रिसा परियारको पोल यी प्रतिवादी विरूद्धको प्रत्यक्ष प्रमाणको रूपमा रहेको हुँदा प्रस्तुत मुद्दामा सहअभियुक्तको पोललाई प्रमाणमा लिन मिल्ने देखिने । (प्रकरण नं. ५) विवाहित पुरूषले अन्य विवाहित महिलासँग निजको लोग्नेको अनुपस्थितिमा अवैध यौन सम्बन्ध कायम गरी आफ्नो वीर्यबाट निज महिलालाई गर्भधारण गराएकामा उक्त गर्भको सम्बन्धमा निज महिलाले सामाजिकरूपमा बहिस्कृत हुनुपर्ने र लामो समयसम्म सामाजिक लान्छनाको कारण आफ्नो इज्जत र प्रतिष्ठामा लागेको दाग बोकी हिँडनुपर्ने हुन्छ । यसको कारण महिलाले एकपटक नभई पटकपटक आफूलाई समाजको अगाडि परीक्षण गर्नुपर्ने हुँदा सोही कारण निजको मानसिक अवस्थामा समेत विचलन आउन सक्दछ । लामो समयको सामाजिक तिरस्कार तथा लोक लाजबाट बच्न आपराधिक कार्यको परिणामका सम्बन्धमा कुनै सोच विचारै नगरी शिशु जन्मनासाथ शिशुलाई जन्म दिने आमाले गरेको हत्यामा ऐन अनुसार सजाय गर्दा चर्को पर्न जाने अवस्था र परिस्थितिलाई समेत विचार गरी सजायमा कमी गर्न अ.बं. १८८ नं को प्रयोग विचारणीय हुन सक्ने । (प्रकरण नं. ७) पुरूषप्रधान हाम्रो समाजमा विद्यमान सामाजिक संरचना र मानिआएको परम्परागत मान्यताका कारण पनि पुरूषलाई सामाजिक लोकलाजको अवस्थाबाट गुज्रनुपर्ने अवस्था नआउने हुँदा सामाजिक लोकलाजको अवस्थाबाट खासगरी पुरूष नभई महिला नै गुज्रनुपर्ने हुन्छ, यस्तो अवस्थामा सोही बहानामा जातक शिशुको हत्या गर्ने पुरूषलाई सजायमा कमी वा छुट दिनु न्यायिक स्वविवेकको सही प्रयोग मान्न नसकिने । सामाजिकरूपमा लान्छना सही नौ महिनासम्म अवैध गर्भलाई आफ्नो पेटमा राखी जीवित बच्चा जन्माउने आमाको विरोधका बावजुद घरबार बिग्रने बहानामा बच्चा मार्ने कार्यमा संलग्न यी प्रतिवादीलाई ऐन अनुसार तोकिएको सजायमा कमी वा छुट दिनु विद्यमान दण्ड नीतिको समेत प्रतिकूल हुने देखिने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9352
मुद्दाको विषयकर्तव्य ज्यान ।
निर्णय वर्ष / मिति2071/08/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री  ओमप्रकाश मिश्र
मुद्दा नं.०६७-CR-१२११
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9352
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्