नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9362 · वि.सं. २०७२

नि.नं. 9362 — बन्डा मुचुल्का बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

फैसला कार्यान्वयनबाट सिर्जित परिणामलाई सम्बन्धित पक्षले स्वीकार गरी त्यस्तो कार्यान्वयनको परिणामको अंशसमेत आफूले प्राप्त गरेपछि स्वीकार गरिएको पूर्व परिणामलाई पछि अस्वीकार गरी दाबी गर्न नमिल्ने । (प्रकरण नं.६) एकपटक आफूले स्वीकार गरी त्यसबाट फाइदा लिई सकेपछि सोही विषयमा यस्तो होइन भनी दाबी लिन विबन्धनको सिद्धान्तविपरीत हुन जान्छ । अंश मुद्दाको मिलापत्रबाट पूर्व बन्डा मुचुल्कामा उल्लिखित जग्गा नै आफ्नो भाग शान्ति लिई कित्ताकाट गरी दा.खा.दर्ता नामसारीसमेतका कार्य पूरा गरिसकेको अवस्थामा पूर्व बन्डा मुचुल्कालाई मान्दैनौं भन्न प्रमाण ऐन, २०३१ के दफा ३४ ले विबन्धन लाग्ने हुँदा एकपटक स्वीकार गरिसकेको विषयमा पुनः अस्वीकार गरी दाबी गर्न मिल्ने नदेखिने । (प्रकरण नं.७) आफूलाई लाभ हासिल गर्दा कुनै कार्य वा निर्णयलाई मान्ने तर लाभ हासिल गरेपछि सोही कार्य वा निर्णय यस्तो थियो यस्तो हुनुपर्दथ्यो त्यस कार्य वा निर्णयबाट आफूहरूको साम्पत्तिक हकमा क्षति हुन गयो भनी प्रस्तुत गरिएका त्यस्तो दाबी व्यक्तिको द्वैध चरित्र हुँदा त्यस्तो दाबी मान्य हुन सक्दैन । कुनै कार्य वा निर्णयबाट मर्का परेको छ भने सो अवस्थामा कानूनी मार्ग अवलम्बन गर्नुपर्दछ । तर कानूनी मार्ग अवलम्बन नगरी कुनै निर्णयबाट सिर्जित परिणामलाई स्वीकार गरी आफूले लाभ हासिल गरेपछि सोही विषयलाई बदर माग गर्न वा चुनौती दिन मिल्ने नदेखिने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9362
मुद्दाको विषयबन्डा मुचुल्का बदर
निर्णय वर्ष / मिति2071/08/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
मुद्दा नं.०६९-CI-०२४६
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9362
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्