नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9361 · वि.सं. २०७२
नि.नं. 9361 — गोली हानी गैंडा घाइते पारेको ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
अपराधको प्रकृति, कसुरदारको संलग्नता, कसुरको गाम्भीर्यतालगायतका कसुरसँग सम्बन्धित विभिन्न सन्दर्भहरूलाई विचारै नगरी कसुरमा संलग्न कुनै पनि अभियुक्तलाई यान्त्रिकरूपमा न्यूनतम् वा अधिकतम् सजाय गर्ने भन्ने विधायिकाको मनसाय होइन । विधायिकाले निश्चित सजायको मात्रा उल्लेख नगरी धेरै प्रकारका कसुरमा न्यूनतम् र अधिकतम् सजायको मात्रा तोकिदिएको अवस्थामा तोकिएको सीमाभित्र रही सजाय निर्धारण गर्ने स्वविवेकीय अधिकार मुद्दा हेर्ने अधिकारी वा अदालतलाई प्रदान गरेकाले अभियुक्तको कसुरको मात्रासँग मिल्ने गरी निर्णयकर्ताले विवेकसम्मत सजायको मात्रा निर्धारण गर्नुपर्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9361 |
|---|---|
| मुद्दाको विषय | गोली हानी गैंडा घाइते पारेको । |
| निर्णय वर्ष / मिति | 2071/08/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र |
| मुद्दा नं. | ०६७–CR–०५२९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9361 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
