नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9354 · वि.सं. २०७२

नि.नं. 9354 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादीकै मनसाययुक्त जानाजानको reckless and willful उक्साहटले प्रस्तुत वारदात निर्माणमा प्रमुख भूमिका खेलेको हुँदा उक्त कार्यको दायित्वबाट प्रतिवादीलाई उन्मुक्ति दिँदा अपराधीलाई सजाय गर्ने फौजदारी न्यायशास्त्रको उद्देश्य पराजित हुनेहुँदा मृतकको जीवनलीला समाप्त गर्ने कुरामा निर्णायक भूमिका निर्वाह गर्ने प्रतिवादीलाई उन्मुक्ति (clean chit) दिने कुरालाई फौज्दारी न्यायले स्वीकार गर्न नसक्ने भएबाट प्रतिवादीको मनसाययुक्त reckless fault र मृतकको मृत्युको परिणाम result बीचको सम्बन्ध connection स्थापित गरेको अवस्थामा उक्त chain of causation लाई कुनै intervening acts or events ले भङ्ग गरेको नदेखिने । (प्रकरण नं.२३) नारीसुलभ स्वभावले गर्दा एउटी महिलाले सबै इतिवृत्तिको जानकारी लिएर नै विवाहको निर्णय गर्छन् भन्न सकिन्न । कतिपय अवस्थामा निजहरूले स्वेच्छापूर्वक निर्णय गर्ने अवसर पनि पाउँदैनन् । यस बारे दुइदुई तहले प्रमाणको मूल्याङ्कन गरी गरेको निष्कर्षलाई कोरा अनुमानको आधारमा मात्रै यस अदालतले अन्यथा गर्नु उपयुक्तसमेत नहुने । (प्रकरण नं.२५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9354
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2071/11/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
मुद्दा नं.०६८-CR-०८८६ | ०६८-CR-१२३६
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9354
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्