नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9368 · वि.सं. २०७२

नि.नं. 9368 — करारबमोजिम गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुद्दा गर्नुपर्ने कारण परेको भनी वादीले देखाएको मितिलाई आधार मान्नुपर्ने करार सम्झौताबाट देखिएको अवस्थामा वादीले ऐनका म्यादभित्रै सम्बन्धित अदालतमा फिराद दर्ता गराएको देखिएकाले हदम्याद नाघी दायर भएको भनी पुनरावेदक प्रतिवादीले लिएको जिकिरसँग सहमत हुन नसकिने । (प्रकरण नं.४) करारको प्रमुख विषयवस्तु नष्ट भएमा करारबमोजिम गर्नुपर्ने कार्य गर्न असम्भव हुने हुनाले उक्त विषयवस्तु पक्षहरूको नियन्त्रणभन्दा बाहिरको कारणबाट नष्ट भएमा करार हतास भएको मानिन्छ र पक्षहरू आ-आफ्नो दायित्वबाट स्वतन्त्र हुने । (प्रकरण नं.६) प्राकृतिक, कानूनी कारणले, करार गर्ने पक्षहरूको काबुबाहिरको परिस्थतिबाट करारको सर्त पूरा हुन नसक्ने भएको अवस्थामा Frustration को सिद्धान्त लागू हुने । (प्रकरण नं.१०) Frustration को सिद्धान्तअनुसार करार पूरा गर्न कानूनी परिवर्तन भई करार नै गैरकानूनी भएमा, करारको विषयवस्तु नष्ट भएमा, करार गर्ने व्यक्तिको मृत्यु भएको परिस्थति वा घटनुपर्ने खास घटना नघटेको अवस्था भएमा मात्र करारको पालना गर्न पक्ष बाध्य नहुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9368
मुद्दाको विषयकरारबमोजिम गरिपाउँ
निर्णय वर्ष / मिति2071/07/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
मुद्दा नं.०६७–CI–०१४७
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9368
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्