नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9359 · वि.सं. २०७२
नि.नं. 9359 — अंशचलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
जीयजीय भन्नाले अंशबन्डा नभएको भए सबै अंशियार बीच अंशबन्डाको महलको २ नं. अनुरूप बराबर अंश लाग्ने हुन्छ । एकै सगोल परिवारमध्येमा पनि केही अंशियारले मिलापत्र गरी वा अन्य कुनै व्यहोराबाट अंश लिएको वा पाएको भए वा छोडपत्र गरेको भएमा कानूनले त्यस्तो व्यक्ति अंशियारले उसको भाग अंश उसैसँग गएको भनी मान्नुपर्ने हुँदा उसको भाग पनि सगोलको सम्पत्तिबाट पुनः छुट्टै भाग छुट्याई बाँकी सगोलको अंशियारामध्येकै कुनै एकलाई हुने गरिदिन वा लिन नमिल्ने । सगोलमा रहेको वा अंश बन्डा नभएको भए सगोलका अंशियारमध्ये कसैका नाउँमा रहेको भएपनि कानूनतः बराबर बन्डा लाग्दछ । अंशियारबाट छुट्टिनेलाई पुनः अंशियाराहरूबीचमा उसको गन्ती हुन सक्दैन । अलग भएका अंशियारको भाग पुनः सगोलको सम्पत्तिबाट छुट्याउने हो र कुनै एक अंशियारलाई दिने हो भने दोहोरो अंश भाग लाग्न जाने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9359 |
|---|---|
| मुद्दाको विषय | अंशचलन । |
| निर्णय वर्ष / मिति | 2071/10/15 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६५-NF-००१३ | ०६५-NF-०१७ | ०६५-NF-०१६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9359 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
