नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9355 · वि.सं. २०७२
नि.नं. 9355 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
कपाली तमसुकका धनी र राजिनामा लिखतका धनी (खरिदकर्ता) फरकफरक व्यक्ति रहेको अवस्थामा दुवै लिखतको अन्तरसम्बन्ध रहेको छ भनी विश्वास गर्न सकिने अवस्था नहुँदा अलगअलगरूपमा तयार भएको कपाली तमसुक र राजिनामा लिखतको आ-आफ्नै अस्तित्वलाई एकअर्कासँग जोडेर कुनै प्रमाण तथा कानूनी आधारविहीन अवस्थामा तिनीहरूको स्वतन्त्र अस्तित्वमाथि प्रभाव पर्ने गरी समाहित गर्न नमिल्ने अवस्थामा कानूनी मान्यता प्राप्त लिखतबमोजिमको दायित्वलाई प्रतिवादीले बिना आधार इन्कार गर्न सक्ने अवस्था नआउने । (प्रकरण नं.५) प्रतिवादीले लिखत फट्टा गर्ने आफ्नो दायित्व पूरा नगरेको अवस्थामा प्रतिवादी जिकिरबमोजिम कानूनअनुसार भएको कपाली तमसुक लिखतलाई अन्य मौखिक कथनहरूबाट गलत सावित नमिल्ने हुँदा कानूनले स्पष्टरूपमा निर्धारण गरेको प्रक्रिया नपुर्याएको अवस्थामा अन्य प्रक्रियाबाट भए गरेको व्यवहारले कानूनी मान्यता पाउन नसक्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9355 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2071/10/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६८-CI-०४८५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9355 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
