नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9366 · वि.सं. २०७२

नि.नं. 9366 — गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

आय र व्ययको हिसाब गर्दा विभिन्न घरायसी व्यवहार, सम्पत्तिको व्यक्तिगत लेखा जोखा राख्नुपर्ने दायित्वयुक्त व्यवस्था सुरूदेखि नै नरहेको जस्ता कारक तत्त्वहरूलाई बिर्सेर निरपेक्षरूपले आय व्ययको निर्धारण गर्नु न्यायोचित मान्न नसकिने हुँदा कतिपय अवस्थामा न्यायोचित अनुमानको आधारमा आय व्यय निर्धारण गर्नुपर्दा आय र व्ययको फरक रकमले मात्र राष्ट्रसेवक प्रतिवादीको उच्च जीवनस्तरलाई निर्धारण गर्न नसकिने । कतिपय यस्ता स्रोतहरू हुन्छन् जसबाट व्यावहारिकरूपमा आम्दानी त भएको हुन्छ तर कागज प्रमाण हुँदैनन् । कागज प्रमाणको अभावमा यो यो शीर्षकबाट यति यति आय भयो भनी निष्कर्ष निकाल्न कठिनाई हुने हुँदा कतिपय आयका स्रोत एवम्‌ खर्चको रकम न्यायिक अनुमानबाट पनि यकिन गर्नुपर्ने । (प्रकरण नं.२४) जुन स्रोतहरू प्रतिवादीले व्यक्त गरेबमोजिम विश्वसनीय भएपनि समयको अन्तरालले सम्बन्धित कागज प्रमाण व्यक्तिको साथमा रहिरहन नसक्ने हुनाले बिना प्रमाण आयमा समावेश गर्न पनि नसकिने र आयमा समावेश नगरेको अवस्थामा व्यक्तिलाई मर्का पर्न जाने अवस्थाको विद्यमानता रहेको हुनाले आय र व्ययको रकम निर्धारण गर्दा न्यायिक सद्‌विवेक प्रयोग हुनु जरूरी र सान्दर्भिक हुने । (प्रकरण नं.२५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9366
मुद्दाको विषयगैरकानूनीरूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
निर्णय वर्ष / मिति2071/09/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री दीपकराज जोशी
मुद्दा नं.०६७–CR–०३४० | ०६५-CR-०००९ | ०६३-CR-०६५० | ०६५-CR-००३१ | ०६५-CR-००६४ | ०६५-CR-००२० | ०६५–CR–०००९ | ०६५–CR–००६४ | ०६५-CR-००९
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9366
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्