नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9365 · वि.सं. २०७२

नि.नं. 9365 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

आधार र कारण बेगर नै राज्यले लिएको दण्ड नीतिकै विपरीत हुने गरी अ.ब.१८८ नं. बमोजिम सजाय घटाउँदै जाने प्रवृत्तिले न त पीडितको भावनामा पुग्न गएको चोटलाई कम गर्न नै मद्दत गर्छ न त दण्डहीनताको स्थितिमा कमी ल्याउनमा नै मद्दत गर्छ । यस्तो विषयमा न्यायकर्ता सधैँ होसियार रहन जरूरी हुने । (प्रकरण नं.७) फौजदारी कसुरमा १६ वर्ष नपुगेकालाई वयस्क अपराधीलाई हुने सरहको सजाय नगरी कम सजाय गर्ने आधार नै सजाय घटाउने आधारको रूपमा बुझ्नुपर्ने हुन्छ । १६ वर्ष पुग्नलाई सामान्य समयको मात्र अन्तर बाँकी रहेकै कारणले त्यस्तो व्यक्तिले अपराधको मतलब र परिणामलाई सम्झन र बुझ्न नसक्ने अवस्थामा रहेकै हुन्छ भन्न नसकिने र १६ वर्ष पुग्न लागेको व्यक्तिमा वयस्कताको लक्षण देखिइसक्ने नै हुँदा त्यस्तो व्यक्तिलाई कानूनले दिन मिल्नेभन्दा बढी रियायत दिन मिल्दैन । कर्तव्य ज्यान जस्तो सङ्गीन र गम्भीर किसिमको फौजदारी मुद्दामा प्रतिवादीलाई उसले घटाएको अपराधको मात्रा अनुसारको उपयुक्त सजायको निर्धारण गरी सुधार गर्नु र पीडितलाई मानवोचित एवम्‌ न्यायोचित तरिकाले न्याय प्रदान गर्न सक्नुपर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9365
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2071/05/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
मुद्दा नं.०७०-RC-००६४
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9365
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्