नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9364 · वि.सं. २०७२
नि.नं. 9364 — परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
हुनुपर्छ । परापूर्वदेखि चलिआएको धार्मिक आस्था एवम् मान्यतामाथि चोट पुग्नेगरी अन्यथा निर्णय गर्नुपनि मनासिब हुने देखिन्न । पूजा गर्दा विशेष पूजाको सामग्रीले असङ्गत प्रवेश पाउने र सामान्य पूजाले भने पशुपतिनाथको मूर्ति रहेको स्थलमा प्रवेश नपाई ढोका बाहिर नै थन्काउन पर्ने अवस्था वाञ्छनीय नहुने । (प्रकरण नं.६) कुनैपनि भक्तले भक्तिको अभिव्यक्त गरेको अनुभूति नै गर्न नसक्ने गरी पूजा सामग्रीहरू नै बाहिरिन पर्ने अवस्था ठीक हुँदैन भने पूजा सामग्रीहरू चढाउने नाममा मूर्ति र सो रहेको क्षेत्रउपर नै क्षय वा ह्रास हुनेगरी नकारात्मक असर पर्न दिन पनि मनासिब हुँदैन । तसर्थ सम्बन्धित निकाय एवम् व्यक्तिहरूबाट सन्तुलित ढङ्गले पूजा व्यवस्थापन गर्नुपर्ने हुन आउने । (प्रकरण नं.७) पूजा सामग्रीको शुद्धताको कुरालाई लिएर भगवानसमक्ष पुर्याउन बाधा परेको भन्ने पशुपति क्षेत्र विकास कोषको धारणा हो भनेपनि कोषले व्यवस्था गरेको सामग्री शुद्ध र अन्य व्यक्तिले आफ्नैतर्फबाट ल्याएको पूजा सामग्रीको शुद्धता छैन वा रहँदैन भन्ने कुराको विश्वास गर्न सकिने आधार पनि विपक्षीले दिन सकेको छैन । शुद्ध सामग्री चढाउन प्रोत्साहित गर्नु आफैँमा नराम्रो कुरा नभएपनि त्यसको प्रक्रिया वा संयन्त्र निर्धारण नगरी भक्तजनको पूजा सामग्री अशुद्ध भनी लान्छित गर्नु उचित नहुने । (प्रकरण नं.९) पशुपतिनाथको मन्दिर सार्वजनिक स्थल भई धार्मिक हक एवम् आस्थाको विषय भएकामा यसको व्यवस्थापन गर्नु सार्वजनिक सरोकारको विषय भएको र पूर्व आदेश हुँदासमेत त्यससम्बन्धमा कारवाही चलाएको भएपनि त्यसको कार्यान्वयन नभएकोबाट आस्थाअनुसार पूजा गर्ने कार्यमा अवरोध भएको देखिन आउने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9364 |
|---|---|
| मुद्दाको विषय | परमादेश |
| निर्णय वर्ष / मिति | 2071/06/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| मुद्दा नं. | ०६८–WO–१०१० | ०६९-WO-०१२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9364 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
