नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9351 · वि.सं. २०७२
नि.नं. 9351 — अंश चलन ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
मुद्दा पर्नुअघिसम्म यी वादी प्रतिवादी सगोलमै रहेको अवस्था भएको र वादीको समेत प्रयासबाट छोरीबाट बकस पाएको जग्गामा घरसमेत बनाई सगोलमै बसी अएको अवस्था देखिँदा त्यस्तो सम्पत्ति प्रतिवादीहरूको मात्र अर्जनको हो भन्ने मानी प्रतिवादी जिकिरसित सहमत भई वादीलाई अंश जस्तो नैसर्गिक हकबाट बञ्चित गर्ने अवस्था हुन नसक्ने । परिवारका कोही सदस्य सबल र कोही दुर्बल हुनु सामान्य कुरा हो । परिवारका सगोलका सदस्यमध्ये कसैको पैतृक सम्पत्ति हुदैमा या नहुँदैमा वा कोही सबल र कोही दुर्बल हुँदैमा सगोलका परिवारका सदस्य एकै घर परिवारमा रही बसेको अवस्थामा आर्जन भएको सम्पत्तिमा परिवारका कुनै सदस्यको मात्र हक हुन्छ भनी अर्थ गर्नु कदापी न्यायोचित हुन सक्तैन । परिवारका कुनै सदस्यको पैतृक सम्पत्ति नहुँदैमा सगोलमा आर्जित सम्पत्तिमा अंश भाग लाग्न सक्तैन भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9351 |
|---|---|
| मुद्दाको विषय | अंश चलन । |
| निर्णय वर्ष / मिति | 2071/07/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६७-CI-०७९७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9351 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
