सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १५० नजिर अभिलेखमध्ये पृष्ठ ६ / ७

नि.नं. 11255वि.सं. २०८१संयुक्त इजलास

उत्प्रेषण

कुनै पनि सार्वजनिक खरिद तथा निर्माण कार्यको लागि निर्धारित कानूनबमोजिमको प्रक्रिया पूरा भई सम्झौतासमेत भइसकेको अवस्थामा उक्त सम्झौता र सोका सर्तहरू नै सार्वजनिक खरिद र निर्माण प्रक्रिया व्यवस्थापनका आधारहरू हुने । यसप्रकार निर्माण सम्झौतामा मूल्य वृद्धिको प्रा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11254वि.सं. २०८१संयुक्त इजलास

प्रतिषेधसमेत

नेपालको भौगोलिक अवस्था, सबै जिल्लाहरूमा र विदेशमा समेत कानून व्यवसायीको सेवाको सहज उपलब्धतासमेतको सन्दर्भबाट हेर्दासमेत लेखापढी व्यवसायीहरूले अधिकृत वारिसनामा मस्यौदा गरेको कार्यसमेत व्यावहारिक रूपमा उल्लेखनीय छ । लेखापढी व्यवसायीले अधिकृत वारिसनामा परम्परागत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11253वि.सं. २०८१संयुक्त इजलास

डाँका

घुमुवा वा सुराकी प्रहरी तथा यस्तै प्रकृतिको कार्य गर्ने अन्य कानून कार्यान्वयन गर्ने व्यक्तिलाई आपराधिक गतिविधिका सम्बन्धमा सूचना सङ्कलन गर्न खटाइन सक्दछ, त्यस्तो आपराधिक कार्य गर्ने व्यक्ति वा समूहमा प्रवेश गरी सूचना सङ्कलन गर्दा निजको सुरक्षा र गोपनीयता कायम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11252वि.सं. २०८१पूर्ण इजलास

उत्प्रेषण / परमादेश

परिवारमा मुख्य भई कामकाज गर्नेबाहेकका अन्य व्यक्ति अंश लिई भिन्न बसेमा वा अन्य कुनै बेहोराले निजको नाममा सम्पत्ति हस्तान्तरण भई आएमा मात्र सगोलको सम्पत्तिमा निजको हक पुग्ने भनी अर्थ गरिएमा वर्षौंवर्षसम्म वा पुस्तौँसम्म अंश नलिई सगोलमा बस्ने र सगोलको सम्पत्तिमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11251वि.सं. २०८१संयुक्त इजलास

उत्प्रेषण

सैनिक ऐन, २०६३ को दफा ५२(क) मा कुनै सैनिक अधिकारी व्यक्तिले लागु औषध सेवन गर्न नहुने र त्यस्तो कार्य कसुरजन्य हुने भन्ने उल्लेख भएको अवस्थामा नेपाली सेनाको सङ्गठन संरचनामा काम गर्न जाने अधिकृत क्याडेटले लागु औषध सेवन गरेको कार्यलाई गम्भीर प्रकृतिको मान्नुपर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11250वि.सं. २०८१संयुक्त इजलास

सरकारी छाप दस्तखत किर्ते

सङ्गठित अपराधमा विभिन्न व्यक्तिहरू मिली योजनाबद्ध तरिकाले विभिन्न भूमिकाको साथ एकआपसमा सम्पर्क गरी विभिन्न तह हुँदै एक सिङ्गो अपराधलाई अन्जाम दिई आएको प्रतिफलको लाभ लिने अवस्था हुन्छ । भिन्न भिन्न भूमिकाको साथ एक जालो बनाई काम गर्ने हुँदा यस प्रकृतिका चोरी गरी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11249वि.सं. २०८१संयुक्त इजलास

जबरजस्ती करणी र हाडनाता करणी

जबरजस्ती करणीको कसुर कायम भएको अवस्थामा पीडितलाई फैसला हुँदाकै बखत पर्न गएको शारीरिक, मानसिक क्षतिसमेतलाई विचार गरी क्षतिपूर्ति भराइदिनुपर्ने र सो कुरा फैसलामै उल्लेख गर्नुपर्ने भन्ने व्यवस्था रहेकोमा द्विविधा नरहने । ऐनमा नै प्रस्ट रूपमा लेखिएको व्यवस्थालाई अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11248वि.सं. २०८१संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशसमेत

विपक्षी आमालाई निवेदक छोरीले बुढेसकालमा स्याहारसुसार गर्नको लागि दाबीको जग्गा हालैदेखिको बकसपत्र पारित गरिदिएको देखिन्छ । तर निवेदकले सो लिखतको भावना र सर्तविपरीत विपक्षी आमालाई उचित हेरविचार नगरी उल्टै कुटपिट गर्ने गरेको, दूषित भावनाले ग्रसित भई ज्येष्ठ नागरि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11247वि.सं. २०८१संयुक्त इजलास

जबरजस्ती करणी

व्यक्तिले कुनै घटनाका बारेमा लामो समयपछि व्यक्त गर्दा पहिलेको बेहोरासँग सामान्य फरक पर्नु सामान्य भए पनि घटनाको प्रकृति र मुद्दाको स्वरूपमा नै बदलाव आउने गरी जाहेरीमा प्रतिवादीले बन्दुक बोकेको सम्बन्धमा उल्लेख नगरेको अवस्थामा बकपत्रमा प्रतिवादीले बन्दुकसमेत सा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11246वि.सं. २०८१संयुक्त इजलास

उत्प्रेषण

निवेदकको समायोजन गरिएको अवस्थामा प्रसुति तथा स्वास्थ्यका कारणबाट निज बिदामा रहेको र निजको काखमा एक वर्षकी छोरी रहेकोले एकातिर राष्ट्रसेवकको जिम्मेवारी र कर्तव्य निर्वाह गर्नुपर्ने अवस्था छ भने अर्कोतिर शिशुबालकको आमाको जिम्मेवारीसमेत सम्हाल्नुपर्ने हुन्छ । यस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11245वि.सं. २०८१संयुक्त इजलास

हक कायम

जग्गाधनीले रैकरमा परिणत गर्न धरौटी बुझाएको कार्यलाई दाबीको जग्गा, धनीका नाउँमा बिर्ताबाट रैकर परिणत हुन निरन्तर कारबाहीमा रहेको मान्नुपर्ने । यसरी निरन्तर कारबाहीमा रहेको जग्गा मोहीका नाउँमा रैकर परिणत हुन नसक्ने भएकाले यस्तो जग्गामा जग्गाधनीको हक कायम हुने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11244वि.सं. २०८१संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

अदालतबाट भएको फैसलाअनुसारको बिगो भरिभराउ गर्नु सम्बन्धित व्यक्तिको कानूनी दायित्व हुने । चेक अनादर मुद्दामा ठहर भएको बिगो भरिभराउ गर्नुपर्ने दायित्वबाट सो उन्मुक्ति पाउने अवस्था नहुने । बिगो भरिभराउ गर्नुपर्ने दायित्व रहेका व्यक्तिले बिगो भुक्तान नगरेको अवस्था…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11243वि.सं. २०८१संयुक्त इजलास

भ्रष्टाचारसमेत

विश्वविद्यालयको अघिल्लो आर्थिक वर्षको महालेखा परीक्षणबाट त्रुटि देखाइएका विषयसमेत पुनः दोहोर्‍याइनु, सामान्य समझको व्यक्तिले विश्वास गर्न नसकिने अस्वाभाविक प्रकृतिका खर्चका बिल राखी एउटा विषयको लागि भनेर लिइएको पेस्की रकम अर्कै बेहोराको खर्च देखाई फछ्‌र्यौट गर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11242वि.सं. २०८१संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

बालबालिकाको हकमा जुनसुकै प्रकृतिका मुद्दामा मुद्दा किनारा गर्नुपर्ने अवधि समान एक सय बिस दिन तोकिएको तथा सामान्य, गम्भीर र जघन्य प्रकृतिको कसुरसँग सम्बन्धित मुद्दालाई नछुट्ट्याई सामान्यदेखि जघन्य प्रकृतिको कसुरसँग सम्बन्धित सबै मुद्दामा विधायिकाले मुद्दा किनार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11241वि.सं. २०८१पूर्ण इजलास

गैंडालाई गोली हानी मारी खाग बिक्री व्यवसाय गरेको

मूल अभियुक्तलाई कम कैद र जरिवानाको सजाय भएको अवस्थामा मिसिलबाट केवल एकजना मूल कसुरदारलाई गैंडाको खाग कसैले बेच्छ भनी सूचना वा जानकारी दिएकोले निज मतियार हो भनी मुद्दा चलाएको र अन्य संलग्नता केही रहेको नदेखिएको पक्षलाई केवल म्याद सूचनामा उपस्थित भएन भन्ने आधारम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11240वि.सं. २०८१संयुक्त इजलास

अंश चलन

उमेर पुगेको विवाहित छोराले अंश मागी छुट्टी भिन्न हुन खोजेपछि अंश भाग बराबरको नगद र चल सम्पत्ति दिई छुट्याइदिनुलाई तत्कालीन सामाजिक परिवेशअनुसार असल नियतले गरिएको कार्य मान्नुपर्ने । तत्कालीन समयको सामाजिक मान्यता, प्रचलन र चेतनाको स्तरसमेतका आधार मानी हेर्दा ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11239वि.सं. २०८१संयुक्त इजलास

जबरजस्ती करणी

अशक्त वा अपाङ्गता रहेका महिलालाई कसैले जबरजस्ती करणी गरेमा थप सजाय गर्नुपर्छ भन्ने विधायिकी मनसाय रहेको देखिने । (प्रकरण नं. ४) अशक्त, अपाङ्ग भनी कानूनमा प्रयुक्त दुई शब्दलाई एकै ठाउँमा जोडेर अर्थ गर्न नमिल्ने । अलगअलग अर्थ दिने उक्त दुईमध्ये कुनै एक अवस्थाको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11238वि.सं. २०८१संयुक्त इजलास

उत्प्रेषण

रिट क्षेत्रबाट उपचार माग गर्नुअगाडि त्यस विवादउपर अन्य वैकल्पिक उपचारको बाटो रहेको वा नरहेको सम्बन्धमा हेर्नुपर्ने । जुनसुकै विषयमा पनि रिट क्षेत्राधिकारको प्रयोग गर्न नमिल्ने । साधारण विवादमा कानूनमा कुनै वैकल्पिक उपचारको बाटो रहे भए असाधारण रिट क्षेत्राधिकार…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11237वि.सं. २०८१संयुक्त इजलास

अंश चलन

साहुले ऋण असुल भइसकेपछि आसामीको तर्फबाट ऋण चुक्ता गर्न जाने अंशियारले भनेबमोजिम तमसुकमा कैफियत बेहोरा लेखिदिन सक्ने तथ्यलाई न्यायको रोहमा सजगतापूर्वक हेर्नुपर्ने । प्रतिवादीले सगोलको सम्पत्तिबाट ऋण तिरेका नभई निजी आर्जनबाट तिरेको भन्ने स्वतन्त्र प्रमाणको अभावम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11236वि.सं. २०८१संयुक्त इजलास

हक कायम गरी क्षतिपूर्ति रकम दिलाई पाऊँ

मृतकको एकासगोलमा नरहेको र मृतकले आफ्नो हक कसैले खाने भनी लिखित रूपमा लेखेर नदिएको अवस्थामा समानस्तरको हकवालाले बराबर अपुताली पाउने र कसैले एकलौटी रूपमा पालनपोषण गरेको रहेछ भने उसैले मात्रै अपुताली पाउने । (प्रकरण नं. ६) मृतकको स्याहार सम्भार हकवालाहरू सबैले नग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11235वि.सं. २०८१संयुक्त इजलास

भन्सार चोरी पैठारी

कुनै पनि वस्तु वा सामान कसैले कानूनबमोजिम प्राप्त गरेको हो भने सोको स्पष्ट विवरणसहितको आधिकारिक र प्रामाणिक कागजात निजसँग हुनुपर्ने । त्यस्तो कागजात कानूनबमोजिमको अख्तियारीप्राप्त अधिकारीले माग गरेमा सो बखत पेस गर्नु अनिवार्य हुने । त्यसरी माग भएका अवस्थामा त्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11234वि.सं. २०८१संयुक्त इजलास

उत्प्रेषण

सरकारी, सार्वजनिक वा सामुदायिक जग्गा कुनै व्यक्ति विशेषले आफ्नो नाममा दर्ता गराएको देखिएमा मालपोत अधिकृतले त्यस्तो दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न सक्ने । मालपोत अधिकृतलाई त्यस्तो निर्णय गर्न पाउने अधिकार नरहेको भनी मान्न मिल्ने । (प्रकरण नं. ५) जग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11233वि.सं. २०८१संयुक्त इजलास

अपहरण तथा शरीर बन्धक एवं सङ्गठित अपराध

अदालतमा अभियोजन भई कारबाहीको चरणमा आइसकेका सङ्गठित अपराधको मुद्दामा प्रमाणको मूल्याङ्कन नै फरकढङ्गले गरिनुपर्ने हुँदा सामूहिक कसुर हो वा सङ्गठित अपराधको कसुर हो भनी निर्क्यौल गर्नु आवश्यक हुने । प्रचलित ऐनको व्यवस्थाले सङ्गठित अपराध र सामूहिक अपराधलाई करिब एकस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11232वि.सं. २०८१संयुक्त इजलास

उत्प्रेषण

कुनै जग्गा समयको कुनै कालखण्डमा कुनै व्यक्तिको निजी सम्पत्तिको रूपमा रहेको भए पनि सो सम्पत्ति एक पटक सार्वजनिक प्रयोग वा उपभोगमा आइसकेको र सार्वजनिक स्वरूप धारण गरिसकेको भए सो सम्पत्ति सार्वजनिक नै कायम हुने । सरकारी वा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर…

नजिर सार पढ्नुहोस् →