नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11235 · वि.सं. २०८१
नि.नं. 11235 — भन्सार चोरी पैठारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै पनि वस्तु वा सामान कसैले कानूनबमोजिम प्राप्त गरेको हो भने सोको स्पष्ट विवरणसहितको आधिकारिक र प्रामाणिक कागजात निजसँग हुनुपर्ने । त्यस्तो कागजात कानूनबमोजिमको अख्तियारीप्राप्त अधिकारीले माग गरेमा सो बखत पेस गर्नु अनिवार्य हुने । त्यसरी माग भएका अवस्थामा त्यस्ता कागजात पेस गर्न सकिँदैन भने त्यस्ता वस्तु अवैध रूपमा प्राप्त गरेको मान्नुपर्ने । सुन खरिदको बिल बीजकलगायतका प्रतीतलायक प्रमाणहरू पेस गर्न नसकेको अवस्थामा भन्सार ऐन, २०६४ को दफा ३८ अनुसार चोरी पैठारी गरेको मानिने । (प्रकरण नं. ४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11235 |
|---|---|
| मुद्दाको विषय | भन्सार चोरी पैठारी |
| निर्णय वर्ष / मिति | 2078/08/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल |
| मुद्दा नं. | ०७१-RB-००३६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11235 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
