नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11237 · वि.सं. २०८१

नि.नं. 11237 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

साहुले ऋण असुल भइसकेपछि आसामीको तर्फबाट ऋण चुक्ता गर्न जाने अंशियारले भनेबमोजिम तमसुकमा कैफियत बेहोरा लेखिदिन सक्ने तथ्यलाई न्यायको रोहमा सजगतापूर्वक हेर्नुपर्ने । प्रतिवादीले सगोलको सम्पत्तिबाट ऋण तिरेका नभई निजी आर्जनबाट तिरेको भन्ने स्वतन्त्र प्रमाणको अभावमा सगोलमा पिताको नाममा लिएको ऋण सगोलको पैतृक सम्पत्तिबाटै तिरे बुझाएको भनी मान्नुपर्ने । घरसारको बन्डापत्रबमोजिमको सम्पत्ति दाखेल खारेज नभई बन्डापत्र कार्यान्वयन नै नभएको र सोही कारण वादी प्रतिवादीबिच अंशबन्डा भएको मान्न नसकिएको अवस्थामा मानो छुट्टिएको मितिपूर्व पिताका नाममा भएको ऋण चुक्ता गरी निखनी आएको सम्पत्ति एकजना अंशियारले मात्र पाउने भन्नु न्यायोचित नदेखिने । (प्रकरण नं. ४) मुलुकी ऐन, अंशबन्डाको महलको १८ नं. ले मानो नछुट्टिई सँगै बसेको अंशियारहरूबिच सगोलको सम्पत्तिबाट बढेबढाएको सगोलको आर्जन मात्र बन्डा लाग्ने । मानो छुट्टिई आ-आफ्नो खतीउपती हुने गरी भिन्न बसेका अंशियारहरूको हकमा मानो छुट्टिएपछि कमाएको धन वा लगाएको ऋण अंशियारहरूलाई बन्डा लाग्न नसक्ने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11237
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2079/07/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री नहकुल सुवेदी
मुद्दा नं.०७३-CI-०५७३
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11237
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्