नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11249 · वि.सं. २०८१

नि.नं. 11249 — जबरजस्ती करणी र हाडनाता करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

जबरजस्ती करणीको कसुर कायम भएको अवस्थामा पीडितलाई फैसला हुँदाकै बखत पर्न गएको शारीरिक, मानसिक क्षतिसमेतलाई विचार गरी क्षतिपूर्ति भराइदिनुपर्ने र सो कुरा फैसलामै उल्लेख गर्नुपर्ने भन्ने व्यवस्था रहेकोमा द्विविधा नरहने । ऐनमा नै प्रस्ट रूपमा लेखिएको व्यवस्थालाई अनिवार्य वा ऐच्छिक हो भनी मान्न नमिल्ने । यो स्थितिमा जबरजस्ती करणीको कसुरमा पीडितलाई भराइदिनुपर्ने क्षतिपूर्तिको व्यवस्थालाई बाध्यात्मक व्यवस्था नै मान्नुपर्ने । (प्रकरण नं । ५) न्यायको मुख्य लक्ष्य नै पीडितलाई न्याय दिनु हो । कसुरदारलाई कैदको सजाय गर्दैमा न्यायको लक्ष्य पूरा नहुने । उचित क्षतिपूर्तिसहितको न्यायले मात्र न्यायको वास्तविक लक्ष्य प्राप्त हुने । कसुर गर्नेलाई आफूले गरेको गल्तीको महसुस गराउनु र पीडितलाई क्षतिपूर्तिसहित समाजमा पुनर्स्थापित गर्नु नै न्यायको वास्तविक लक्ष्य हो । यही तथ्यलाई मनन गरेर कानूनमा पीडितले पाउनुपर्ने क्षतिपूर्तिको सम्बन्धमा समेत व्यवस्था गरिएको हो । पछिल्ला दिनमा त प्रतिवादीको क्षतिपूर्ति तिर्ने हैसियत रहेनछ भने पनि त्यसको जिम्मा राज्यले लिनुपर्दछ भन्ने मान्यतासमेत विकसित भएको पाइन्छ । यसरी कानूनमा नै क्षतिपूर्तिको सम्बन्धमा प्रस्ट रूपमा उल्लेख भएको स्थिति र कानूनको पालना गर्ने, गराउने तथा जनतालाई न्यायको अनुभूति दिलाउने महत्त्वपूर्ण संयन्त्रको रूपमा अदालत रहेको स्थितिमा पीडितको न्यायलाई यो वा त्यो बहानामा नजरअन्दाज गर्न नमिल्ने । (प्रकरण नं । ६) पीडित र प्रतिवादी एकै परिवारको हुँदैमा पीडितलाई कसुरबाट पर्न गएको क्षति स्वरूप भराइने क्षतिपूर्तिको औचित्यपूर्ण नहुने भन्ने तर्क कुनै पनि विधिशास्त्रीय एवं कानूनी मान्यताबाट सही नठहरिने । (प्रकरण नं । ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11249
मुद्दाको विषयजबरजस्ती करणी र हाडनाता करणी
निर्णय वर्ष / मिति2080/01/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11249
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्