नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11251 · वि.सं. २०८१
नि.नं. 11251 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
सैनिक ऐन, २०६३ को दफा ५२(क) मा कुनै सैनिक अधिकारी व्यक्तिले लागु औषध सेवन गर्न नहुने र त्यस्तो कार्य कसुरजन्य हुने भन्ने उल्लेख भएको अवस्थामा नेपाली सेनाको सङ्गठन संरचनामा काम गर्न जाने अधिकृत क्याडेटले लागु औषध सेवन गरेको कार्यलाई गम्भीर प्रकृतिको मान्नुपर्ने । सैनिक प्रतिष्ठान खरिपाटीबाट आन्तरिक रूपमा बनाई लागु गरिएको अधिकृत क्याडेट तथा प्राविधिक अधिकृतहरूलाई चरण झार्ने, निष्काशन गर्ने तथा सजायसम्बन्धी नियमावली, २०६९ मा स्पष्टसँग लागु औषधको बारेमा उल्लेख गरेको नभए तापनि सैनिक ऐनले निषेध गरेको कार्य गरेको पुष्टि भएको अवस्थामा उक्त नियमावलीबमोजिम कारबाही हुन सक्ने । (प्रकरण नं. ४) अधिकृत क्याडेटको विभिन्न चरणको परीक्षा उत्तीर्ण गरी एक तालिमरत सैनिक व्यक्ति भएर पनि तालिमको समयावधिमा लागु औषध गाँजा सेवन गर्नु अनुशासन तथा आचरणविपरीतको कार्य भएको र नेपाली सेनाको क्षेत्राधिकारभित्र पर्ने व्यक्तिले पालना गर्नुपर्ने अनुशासन, आचरणविपरीत कार्य गरेको हुँदा अधिकार प्राप्त निकाय तथा अधिकारीबाट भएको काम कारबाहीको विषयलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11251 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2079/07/16 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल |
| मुद्दा नं. | ०७७-WO-०४०७ | ०७७-WO-०४०६ | ०७७-WO-०४०८ | ०७७-WO-०७८८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11251 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
