नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11236 · वि.सं. २०८१

नि.नं. 11236 — हक कायम गरी क्षतिपूर्ति रकम दिलाई पाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

मृतकको एकासगोलमा नरहेको र मृतकले आफ्नो हक कसैले खाने भनी लिखित रूपमा लेखेर नदिएको अवस्थामा समानस्तरको हकवालाले बराबर अपुताली पाउने र कसैले एकलौटी रूपमा पालनपोषण गरेको रहेछ भने उसैले मात्रै अपुताली पाउने । (प्रकरण नं. ६) मृतकको स्याहार सम्भार हकवालाहरू सबैले नगरी हकवालामध्ये कसैले वा हकवालाबाहेक अन्य व्यक्तिले गरेमा निजको अपुताली त्यसरी स्याहार सम्भार गर्नेले पाउने । (प्रकरण नं. ८) अपुताली प्राप्त गर्न सम्बन्धित पक्षले कानूनबमोजिमको आफ्नो दायित्व तथा कर्तव्यसमेत पूरा गरेको हुनुपर्ने । मृतकलाई पालनपोषण, स्याहार सम्भार तथा औषधोपचारसमेतको दायित्व तथा कर्तव्य पूरा नगरेको अवस्थामा केवल मौखिक जिकिरकै भरमा नजिकको हकवाला भएको नाताले मात्र दाजु / भाइको अपुताली स्वत: दाजुभाइमा हक स्थापित हुन जान्छ भन्न नमिल्ने । नाताको हिसाबले टाढाको रहे तापनि स्याहार सम्भार कसैले गरेको छ भने उसले अपुताली पाउने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11236
मुद्दाको विषयहक कायम गरी क्षतिपूर्ति रकम दिलाई पाऊँ
निर्णय वर्ष / मिति2079/09/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा
मुद्दा नं.०७३-CI-१३४३ | ०७३-CI-१४७४ | ०७३-CI-१८१९ | ०७१-DP-१९१२ | ०७३-RI-१६९८ | ०७३-RI-१६९४ | ०७३-RI-१६९९
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11236
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्