नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11253 · वि.सं. २०८१
नि.नं. 11253 — डाँका
सिद्धान्त / नजिर सार (Headnote Summary)
घुमुवा वा सुराकी प्रहरी तथा यस्तै प्रकृतिको कार्य गर्ने अन्य कानून कार्यान्वयन गर्ने व्यक्तिलाई आपराधिक गतिविधिका सम्बन्धमा सूचना सङ्कलन गर्न खटाइन सक्दछ, त्यस्तो आपराधिक कार्य गर्ने व्यक्ति वा समूहमा प्रवेश गरी सूचना सङ्कलन गर्दा निजको सुरक्षा र गोपनीयता कायम गर्न निजले कतिपय अवस्थामा कसुरजन्य कार्यमा संलग्न हुनुपर्ने अवस्था आउन सक्छ । तर त्यस्तो कार्यका लागि निजलाई अधिकार प्रदान (औथोरिजेद्) गरिएको हुनुपर्ने । निजले गरेको प्रत्येक कसुरजन्य कार्यको अनुसन्धान हुन सक्ने र असमानुपातिक वा बदनियतसहित कार्य गरेको देखिएमा फौजदारी न्याय प्रणालीको सामना गर्नुपर्ने । घुमुवा वा सुराकी प्रहरी वा कानून कार्यान्वयन गर्ने निकायको व्यक्तिले सम्बन्धित अपराधको सुराकी गर्दा दोक्तृने ओफ औथोरिजेद कृमिनलिती अन्तर्गत केही हदसम्म कसुरजन्य कार्यमा संलग्न हुन सक्ने । यद्यपि घुमुवा वा सुराकी प्रहरी खटाउन सक्ने कानूनी प्रबन्धको व्यवस्था गर्नुपर्ने । त्यस्तै त्यस्तो कानूनी प्रबन्धअनुसार खटाइएको सम्बन्धित व्यक्तिलाई त्यस्तो कार्यमा संलग्न गराएको सम्बन्धमा आन्तरिक प्रकृतिको लिखित अधिकार प्रदान (औथोरिजेद्) गरेको हुनुपर्ने । (प्रकरण नं । १३) विद्यमान प्रहरीसम्बन्धी कानूनी व्यवस्था र अन्य कुनै कानूनी व्यवस्थामा घुमुवा वा सुराकी प्रहरीको परिभाषा गरिएको र त्यससम्बन्धी कानूनी व्यवस्था गरेको नदेखिने । अपराध अनुसन्धान र त्यसको वस्तुगत अवस्था बुझ्न घुमुवा वा सुराकीको रूपमा परिचालन गर्नुपर्ने प्रहरी कर्मचारीहरू कानूनले परिकल्पना गरेको परिधिभित्र रही परिभाषित रूपमा त्यस्तो कार्यमा संलग्न देखिनुपर्ने । (प्रकरण नं । १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11253 |
|---|---|
| मुद्दाको विषय | डाँका |
| निर्णय वर्ष / मिति | 2080/05/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11253 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
