नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11250 · वि.सं. २०८१
नि.नं. 11250 — सरकारी छाप दस्तखत किर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
सङ्गठित अपराधमा विभिन्न व्यक्तिहरू मिली योजनाबद्ध तरिकाले विभिन्न भूमिकाको साथ एकआपसमा सम्पर्क गरी विभिन्न तह हुँदै एक सिङ्गो अपराधलाई अन्जाम दिई आएको प्रतिफलको लाभ लिने अवस्था हुन्छ । भिन्न भिन्न भूमिकाको साथ एक जालो बनाई काम गर्ने हुँदा यस प्रकृतिका चोरी गरी बिक्री गर्ने सङ्गठित अपराधमा यो व्यक्तिले यो नै गरेको भनी यकिन गर्न गाह्रो हुने । प्रतिवादीहरू एक समूहमा काम गर्ने हुँदा यो किर्ते यसले गरेको, यो चोरी यसले गरेको भनी यकिन गर्न नसकिए पनि सबैको संलग्नतामा अपराध गरी आएको प्रतिफल बाँडफाँट गर्ने हुँदा यस प्रकारको अपराधमा सबै प्रतिवादीहरू समान कसुरको भागीदार हुने देखिन्छ । केवल विवादित मोटरसाइकल र नक्कली कागजात प्रतिवादीहरूको साथबाट बरामद नभएको र किटानी प्रमाण नभएको कारणले मात्र प्रतिवादीहरू निर्दोष हुन् भनी निष्कर्षमा पुग्नु न्यायोचित नदेखिने । (प्रकरण नं. ८) मुलुकी ऐन, किर्ते कागजको महलको ७ नं. को कानूनी व्यवस्थालाई हेर्दा "सम्पत्तिका सम्बन्धमा किर्ते गरी लिई खाइसकेको भए बिगो भराई बिगोबमोजिम जरिवाना हुन्छ" भनी व्यवस्था रहेको देखिने । कानूनमा जनही वा दामासाही भनी स्पष्ट उल्लेख गरेको नदेखिने । बिगोभन्दा बढी जरिवाना हुनु कानूनी मनसाय हुन नसक्ने । यसरी कानूनमा बिगोको जनहीले जरिवाना हुन्छ भनी स्पष्ट व्यवस्था नगरेको अवस्थामा उक्त कानूनी प्रावधानलाई कठोर हिसाबले व्याख्या नगरी लचिलो तवरले व्याख्या गर्नु न्यायसङ्गत हुने र बिगोभन्दा बढी जरिवाना असुल गर्नुसमेत न्यायोचित नहुने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11250 |
|---|---|
| मुद्दाको विषय | सरकारी छाप दस्तखत किर्ते |
| निर्णय वर्ष / मिति | 2079/08/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल |
| मुद्दा नं. | ०७२-CR-०१५२ | ०७२-CR-०४५० | ०७२-CR-०६३६ | ०७२-CR-०६३७ | ०७१-CS-०००४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11250 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
