नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11243 · वि.सं. २०८१

नि.नं. 11243 — भ्रष्टाचारसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

विश्वविद्यालयको अघिल्लो आर्थिक वर्षको महालेखा परीक्षणबाट त्रुटि देखाइएका विषयसमेत पुनः दोहोर्‍याइनु, सामान्य समझको व्यक्तिले विश्वास गर्न नसकिने अस्वाभाविक प्रकृतिका खर्चका बिल राखी एउटा विषयको लागि भनेर लिइएको पेस्की रकम अर्कै बेहोराको खर्च देखाई फछ्‌र्यौट गरिनु र उक्त कार्य पटकपटक दोहोर्‍याई गरिनु जस्ता कार्यलाई सामान्य प्रक्रियागत त्रुटि वा बेरूजु देखाई सच्याउने विषय मात्र भएको भनी मान्न नमिल्ने । विश्वविद्यालयको रजिस्ट्रारको जिम्मेवारीपूर्ण पदमा रहँदाको अवस्था ऐन कानूनले दिएको अधिकारको सीमाभित्र रहेर आफ्नो अधिकारको प्रयोग गर्नुपर्नेमा अधिकारको दुरूपयोग गरी बदनियतसाथ विश्वविद्यालयको कोषको रकम हिनामिना गरेको देखिने । (प्रकरण नं.२१) विश्वविद्यालयको अन्य पदाधिकारीको हैसियतमा सामान्य प्रक्रियागत काम कारबाहीमा संलग्न भएको देखिएको आधारमा बदनियतसाथ काम गरेको भनी अर्थ गर्न नमिल्ने । यस्ता पदाधिकारीले कसुरजन्य कार्यमा मिलेमतो गरेको वा त्यससम्बन्धी काम कारबाही गर्दा बदनियत राखेको छ छैन भन्ने मनसाय तत्त्वको विद्यमानतालाई हेरिनुपर्ने । (प्रकरण नं.२३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11243
मुद्दाको विषयभ्रष्टाचारसमेत
निर्णय वर्ष / मिति2079/07/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री कुमार रेग्मी
मुद्दा नं.०७२-CR-१७७७ | ०७२-CR-१६७० | ०७२-CR-२०४४ | ०७२-CR-२१२० | ०७३-CR-०१५० | ०७३-CR-०१८० | ०७३-CR-०१८४ | ०७३-CR-०२३०
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11243
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्