नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11252 · वि.सं. २०८१
नि.नं. 11252 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
परिवारमा मुख्य भई कामकाज गर्नेबाहेकका अन्य व्यक्ति अंश लिई भिन्न बसेमा वा अन्य कुनै बेहोराले निजको नाममा सम्पत्ति हस्तान्तरण भई आएमा मात्र सगोलको सम्पत्तिमा निजको हक पुग्ने भनी अर्थ गरिएमा वर्षौंवर्षसम्म वा पुस्तौँसम्म अंश नलिई सगोलमा बस्ने र सगोलको सम्पत्तिमा त्यस्ता व्यक्तिको जीवनपर्यन्त हक नपुगेको भनी व्याख्या गर्न नमिल्ने । (प्रकरण नं. ८) लेनदेनमार्फत आफूले दिएको ऋण असुलउपर हुन सक्ने नसक्नेतर्फ साहुले ऋण दिनुअगाडि नै सोचविचार गर्नुपर्ने र उक्त ऋण असुल हुन सक्ने नसक्ने जोखिम पनि निजले नै वहन गर्नुपर्ने तथ्यमा विवाद हुन नसक्ने । घरका मुख्यबाहेकका व्यक्तिले लिएको ऋण मुख्य व्यक्तिले लिएको ऋणसरह परिवारका सबै सदस्यले उपभोग गरेको भनी अनुमान गर्नसमेत नमिल्ने भएकाले सो ऋणमा परिवारका अन्य व्यक्तिको समेत दायित्व रहने भन्न नमिल्ने भए पनि घरको मुख्य भई व्यवहार नगरेकै कारण ऋण लिने कारणी स्वयम्ले समेत आफैँले लिएको दायित्वबाट उन्मुक्ति पाउने अवस्था कानूनमा रहे भएको नदेखिने । लेनदेन व्यवहारको ९ नं. ले परिवारमा मुख्यबाहेक अन्य व्यक्तिले गरेको व्यवहारमा साझा धनसम्म पक्रन नमिल्ने भनेकोमा कारणीको हक जतिबाट समेत असुल गर्न नमिल्ने भन्नु न्यायोचित, तर्कसम्मत र व्यावहारिकसमेत नहुने । (प्रकरण नं. ९) परिवारको सामूहिक वर-व्यवहार चलाउन कर्जा लिनुपर्ने आवश्यक भएको तर कारणबस मुख्य भई काम गर्ने व्यक्तिबाहेकका अन्य व्यक्तिले लिखत गर्नुपर्ने अवस्था उत्पन्न भएको र त्यसरी काढेको ऋणसमेत परिवारको उन्नति भलाइका लागि सामूहिक रूपमा प्रयोग गरेको मिसिल तथ्यबाट देखिएको अवस्थामा मुख्य भई काम गर्ने व्यक्तिको फरक ढङ्गले निर्क्यौल गरी न्यायको रोहमा त्यस्तो व्यवहार गोश्वारा धनबाट बेहोर्नुपर्ने । अर्कोतर्फ परिवारमा मुख्य भई काम गर्नेबाहेकका अन्य सदस्यहरूले आफूखुसी ऋण काढी फरकफरक व्यवहार गरेको अवस्थामा सगोलको धनबाट बेहोर्न नमिल्ने भए पनि कारणीको हकजतिबाट पक्री असुल गर्न नपाइने भन्नु न्याय र कानूनसम्मत नहुने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11252 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2079/11/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री नहकुल सुवेदी |
| मुद्दा नं. | ०७८-WF-०००१ | ०७३-CP-०७२५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11252 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
