नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11248 · वि.सं. २०८१

नि.नं. 11248 — उत्प्रेषणयुक्त परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

विपक्षी आमालाई निवेदक छोरीले बुढेसकालमा स्याहारसुसार गर्नको लागि दाबीको जग्गा हालैदेखिको बकसपत्र पारित गरिदिएको देखिन्छ । तर निवेदकले सो लिखतको भावना र सर्तविपरीत विपक्षी आमालाई उचित हेरविचार नगरी उल्टै कुटपिट गर्ने गरेको, दूषित भावनाले ग्रसित भई ज्येष्ठ नागरिकको बुढेसकालमा बाँच्ने साहाराको रूपमा रहेको सम्पत्ति फकाई फुल्याई लिएकोले ज्येष्ठ नागरिकको सर्वोत्तम हितलाई समेत मनन गरी विपक्षीलाई निवेदकउपर हालैदेखिको बकसपत्र लिखत बदरको मुद्दा दायर गर्ने हकदैया र हदम्याद नरहेको भनी तर्क गर्नु न्यायसङ्गत नदेखिने । ज्येष्ठ नागरिकको हक अधिकारसँग सम्बन्धित विषयमा निर्णय गर्दा ज्येष्ठ नागरिकको पहिचान, संरक्षण र सुरक्षालाई मध्येनजर गरी निर्णय गर्नुपर्ने । ज्येष्ठ नागरिक पनि बालबालिका जस्तै उमेर एवं बुढौलीको कारणले सही, गलत छुट्याउन नसक्ने र कुनै निर्णयबाट उत्पन्‍न हुने परिणामको बारेमा जानकार हुन नसक्ने हुन्छन् । यस्तो अवस्थामा निजहरूको हितविपरीत हुने कुनै कार्य बदनियत साथ कसैले गरेमा ज्येष्ठ नागरिकलाई अन्याय हुने गरी त्यस्तो काम कारबाहीलाई मान्यता दिनु न्यायसङ्गत नहुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11248
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशसमेत
निर्णय वर्ष / मिति2080/02/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश डा.श्री कुमार चुडाल
मुद्दा नं.०७९-WO-०१७६ | ०७८-CP-०७३९
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11248
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्