नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11240 · वि.सं. २०८१

नि.नं. 11240 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

उमेर पुगेको विवाहित छोराले अंश मागी छुट्टी भिन्न हुन खोजेपछि अंश भाग बराबरको नगद र चल सम्पत्ति दिई छुट्याइदिनुलाई तत्कालीन सामाजिक परिवेशअनुसार असल नियतले गरिएको कार्य मान्नुपर्ने । तत्कालीन समयको सामाजिक मान्यता, प्रचलन र चेतनाको स्तरसमेतका आधार मानी हेर्दा गाउँघरमा भएका घरायसी व्यवहारका कागजहरू अड्डामा लगी रजिस्ट्रेसन नगर्नुलाई सामान्य नै मान्नुपर्ने । वादीका पिताले आफ्नो बाबुबाट अंश लिई छुट्टिई भिन्न भएको पुष्टि भइरहेको अवस्थामा रजिस्ट्रेसन नभएको भन्ने आधारमा मात्र अंशबन्डा नभएको भनी अर्थ गर्न नमिल्ने । वि.सं.२००९ सालमा नै छुट्टिई भिन्न भइसकेको तथ्य पुष्टि भइसकेपछि प्राविधिक कारण देखाई वि.सं. २००९ साल चैत्र मसान्तलाई मानो छुट्टिएको मिति कायम गरी सम्पत्ति बन्डा नहुने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11240
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2079/07/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल
मुद्दा नं.०६९-CI-०७४४ | ०६९-CI-१२६१ | ०७०-CI-१०४९
उद्धरण सन्दर्भने.का.प. २०८१, नि.नं. 11240
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्