नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11254 · वि.सं. २०८१
नि.नं. 11254 — प्रतिषेधसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
नेपालको भौगोलिक अवस्था, सबै जिल्लाहरूमा र विदेशमा समेत कानून व्यवसायीको सेवाको सहज उपलब्धतासमेतको सन्दर्भबाट हेर्दासमेत लेखापढी व्यवसायीहरूले अधिकृत वारिसनामा मस्यौदा गरेको कार्यसमेत व्यावहारिक रूपमा उल्लेखनीय छ । लेखापढी व्यवसायीले अधिकृत वारिसनामा परम्परागत रूपमा मस्यौदा गर्दै आएको र उक्त लेखापढी व्यवसायीले मस्यौदा गरेको अधिकृत वारिसनामा जिल्ला अदालत तथा विदेशस्थित राजदूतावास वा महावाणिज्य दूतावासबाट प्रमाणित हुँदै आएको कार्यले अहिले आएर निवेदकलगायतका कानून व्यवसायीहरूको हक हितमा आघात पुग्न गएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. ५) अधिकृत वारिसनामा सामान्य वारिसनामासँग मिल्दोजुल्दो लिखत हो । लेखापढी व्यवसायीसम्बन्धी नियमावलीले उल्लेख गरेको वारिसनामा भन्ने शब्दावलीभित्र त्यस्तो लिखत कसले मस्यौदा गरेको भन्ने अर्थबाट अधिकृत वारिसनामा हुने होइन । मूलतः कानूनले निर्धारण गरेको विषयमा कानूनले नै तोकेका पदाधिकारीबाट प्रमाणित गरी दिएपछि अधिकृत वारिसनामा क्रियाशील हुने हो । सामान्य वारिसनामाको मस्यौदा गर्न अधिकार पाएको लेखापढी व्यवसायीले अधिकृत वारिसनामाको लिखत मस्यौदा गरेको कारण त्यस्तो लिखतको आधिकारिकता एवम् प्रामाणिकतामा कुनै ह्रास नआउने । लेखापढी व्यवसायीले अधिकृत वारिसनामाको मस्यौदा गरेको कारण कुनै पनि व्यक्ति वा समुदायलाई कुनै कानूनी बाधा अड्चन परेको भन्ने तथ्य न्यायिक जानकारी पनि आएको छैन । अर्कोतर्फ अधिकृत वारिसनामाको लिखतको ढाँचा पनि कानूनले नै निर्धारण गरेको छ । त्यसलाई प्रमाणित गर्ने पदाधिकारी पनि कानूनले नै तोकेको अवस्थामा लेखापढी व्यवसायी मस्यौदाकर्ता भएकै कारण कानूनविपरीतको कार्य भएको भन्न नमिल्ने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11254 |
|---|---|
| मुद्दाको विषय | प्रतिषेधसमेत |
| निर्णय वर्ष / मिति | 2080/01/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल |
| मुद्दा नं. | ०७३-WO-१२५९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८१, नि.नं. 11254 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
