सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४०२ / ४४०

नि.नं. 920वि.सं. २०३२संयुक्त इजलास

कर्तव्य ज्यान

(१) कुटपिट गरेकोबाट ज्यान सम्बन्धीको ९ र १० नम्बरमा लेखिएको म्यादभित्र मर्न गएकोमा ज्यान मारेको सरह सजाय दिनलाई सो कुटाई माग्ने व्यक्ति कुटाईको चोट पिरले थला परेको हुनुपर्ने ऐनमा उल्लेख भएकोमा थला परेको नदेखिए ज्यानमाराको बात नलाग्ने । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 919वि.सं. २०३२संयुक्त इजलास

उत्प्रेषण वा उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरिपाउँ

(१) निर्वाचन (अपराध तथा सजाय) ऐन, २०२४ को दफा १५ को अधिकार प्राप्त आदेशको अभावमा पोलिङ्ग अधिकृतले उपयुक्त अधिकार प्रयोग गरेको निर्णयमा अधिकार क्षेत्रात्मक त्रुटि देखिने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 918वि.सं. २०३२पूर्ण इजलास

जग्गा खिचोला

(१) ऐनबमोजिम बन्धकीको दोहरी समेतको लिखित सबूतको अभावमा भोगबन्धकीमा दिएको भन्ने जिकिर कायम मान्न नमिल्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 917वि.सं. २०३२पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) नियम ६ अनुसार मोहीको लगत प्रकाशित भएकोमा कुनै व्यक्तिलाई प्रतिकूल असर पर्छ भने त्यस्तो असर पर्ने व्यक्तिले नियम ७ बमोजिम उजूर गर्नुपर्ने कुरा भूमिसम्बन्धी नियमको व्यवस्थाबाट प्रष्ट हुने । (प्रकरण नं. ९) (२) मुद्दा पर्दापर्दै कुनै एकपक्षले अर्को पक्षलाई प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 916वि.सं. २०३२संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

(१) पछि पर्न आउने मुद्दाको अन्दाज गरी थुनामा राख्ने आदेश दिने कानूनमा व्यवस्था नभएको । (२) बिना माग प्रतिवेदन अनुमति दिने अधिकारको श्रृजना हुन नसक्ने । (प्रकरण नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 915वि.सं. २०३२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) निजामति कर्मचारीलाई सजाय गर्ने आदेश दिनु अघि निजामती सेवा नियमावली नियम १०.९ (१) र नियम १०.१० अनुसार दुईपटक स्पष्टिकरण पेश गर्ने मौका दिनुपर्ने सो दिएको नदेखिएको विवादग्रस्त निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 913वि.सं. २०३२संयुक्त इजलास

उत्प्रेषणको वा अन्य उपयुक्त आज्ञा आदेश पुर्जि जारी गरिपाउँ

(१) विवादमा आएको भरपाई अ.बं. ७८ नं. बमोजिम निवेदकलाई सद्देकीर्तेमा सुनाई त्यसपछि मात्र प्रमाणमा लिनुपर्ने सो अनुसार नगरी प्रमाणमा ल्याएको कानूनी त्रुटि गरेको स्पष्ट हुने । (२) बाली भराई जग्गाबाट निष्कासन गरिपाउँ भनी उजूर गरेकोमा निष्कासन गर्न खोजेको भनी सजाय ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 912वि.सं. २०३२संयुक्त इजलास

ज्यान

(१) हिरासतमा राखी अभियुक्तसँग गराएको विवादास्पद बयानलाई निजका विरुद्ध स्वतन्त्र प्रमाण मान्न नमिल्ने । (२) शंका र विश्वास प्रमाणको रुपमा ग्राहृय हुन नसक्ने । (३) सिर्फ शंकाको आधारमा कसैलाई कसूरदार ठहराउन फौज्दारी न्याय सिद्धान्त विपरीत हुने। (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 911वि.सं. २०३२संयुक्त इजलास

ज्यान

(१) प्रहरीमा भएको कागजमा लेखिएको कुरा अन्य प्रमाणबाट समर्थित हुन नआएकोमा त्यसलाई आधार मान्न नमिल्ने । (२) वारदातको अवस्थामा घटनास्थलमा नभई अन्यत्र रहे भएको भन्ने कुराको प्रमाण सो जिकिर लिने व्यक्तिले गुजारी सो कुरा स्थापित गर्न सक्नुपर्ने । (प्रकरण नं. ५ र ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 909वि.सं. २०३२संयुक्त इजलास

ज्यान

(१) वारदातमा सरिक रहेका अन्य अभियुक्तहरूले आपसमा पोलापोल गरेकोमा पनि वारदातमा थियो भनी पोल्न नसकेको, बयान गर्दा पनि इन्कारी देखिए वारदातमा नभए नरहेको सिद्ध हुन आउने यस्तोमा ज्यान सम्बन्धीको १३ (३) नं.लगाई जन्म कैदको सजाय गरेको नमिल्ने । (प्रकरण नं. ६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 908वि.सं. २०३२पूर्ण इजलास

जालसाजी

(१) सहिछाप गरी दिने लिने दुबै थरीको मिलोमतोको अभावमा कीर्ते कागजको ३ नं. अनुसार लिखत जालसाजी कायम हुन नसक्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 907वि.सं. २०३२पूर्ण इजलास

लुटपिट हक बेहक

(१) भोगबन्धकी खाने साहुले लखबन्धकीसम्म लेखी दिन पाउने कानूनी हक हुनेमा तिरो तिरेको रसिदबाट आफ्नै हक भनी राजीनामा गरी दिएकोमा राजीनामाबाट पाउने व्यक्तिको दावी लाग्न सक्ने नदेखिने । (प्रकरण नं. १९) (२) भोगबन्धकीमा खाने भोग्नेवाला भनी दर्तामै जनिई राखेको छँदै थैल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 906वि.सं. २०३२पूर्ण इजलास

मिलापत्रबमोजिम सम्पत्ति दिलाई पाउँ

(१) मिलापत्रबाट बण्डा लिई पाएको भएमात्र मिलापत्रबमोजिम सम्पत्ति दिएन दिलाई पाउँ भन्ने नालिस दावी लाग्न सक्ने, लिई पाई हक भएकै नदेखिएकोमा मेरो हक सदर थामी बाली बिगो भराई पाउँ भन्ने वादीको नालिस दावी लाग्न नसक्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 905वि.सं. २०३२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) ऐनमा भेदभाव गर्नु भनेको छैन तै पनि औचित्यको दृष्टिकोणले घर नहुने मजदूरहरूलाई मात्र घर भाडा दिने भनी लेखेकोले कानून विपरीत भेदभाव भएको । (प्रकरण नं. ४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 903वि.सं. २०३२पूर्ण इजलास

लिखत बदर मुद्दामा पुनरावेदन गर्न अनुमति पाउँ भन्ने

(१) सर्वोच्च अदालत नियमावली, ०२१ नियम ६२–पुनरावेदनको अनुमति दिन अस्वीकार गरिएकोमा अस्वीकृतीको कारणको विस्तृत विवेचना गर्नुपर्ने कानूनी बाध्यता नभएको । (प्रकरण नं. ९) (२) ऐन लगाई ठहरकै रुपमा खारेज गरेको र हारजित गरिसकेको मुद्दा तल्लो तहमा पठाउन आवश्यक नदेखिने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 902वि.सं. २०३२पूर्ण इजलास

जग्गा खिचोला मेटाई चलन चलाई पाउँ

(१) फैसलाबाट हुकूम कायम भएको जग्गामा बीचको मानिसले कब्जा गरी खिचोला गरेको छ भने सो व्यक्ति उपर जग्गामा खिचोला मेटाई चलन चलाई पाउँ भन्ने दावीको नालिस अ.बं.८२ नं. ले लाग्न नसक्ने नहुने । (२) ऐन लागाई ठहरकै रुपमा खारेज गरेको र हारजित गरिसकेको मुद्दा तल्लो तहमा पठ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 901वि.सं. २०३२पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ (१)–दर्तावाला मोही मरेपछि निजको हक जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुने हकदार बाहेक अन्य व्यक्तिलाई मोही पत्याउने वा कसैलाई नपत्याई मोही हक समाप्त गर्ने कानूनी व्यवस्था नदेखिने । (प्र.नं.१०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 900वि.सं. २०३२पूर्ण इजलास

अंश

(१) मानु नछुट्टिई सँग बसेका अंशियारले बकसपत्रसमेत जुनसुकै श्रोतबाट आर्जन गरिएको भए पनि त्यो सम्पत्ति सगोलकै आर्जन मानिने । (प्र.नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 899वि.सं. २०३२पूर्ण इजलास

लिलाम बदर गरी हक कायम गरिपाउँ भन्ने

(१) लिलाम बढाबढ भई लिलाम सकार गरी बहालीसमेत पाई सकेको लिलामलाई बदर गर्ने श्री ५ को सरकारलाई यो कानूनले बाध्यता गराएको छ भन्ने वादीले कुनै कानून देखाउन नसकेको स्थितिमा उक्त निर्णय बदरगरी पाउन दावी पुग्न नसक्ने । (प्र.नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 898वि.सं. २०३२पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) अन्तिमरुपमा रहेको अदालतको फैसलाबाट मोहियानी हक कायम भई निवेदकको हक नदेखिए निवेदन जिकिर अनुसार हक प्रचलन गराई दिनेतर्फ विचार गर्नुपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 897वि.सं. २०३२पूर्ण इजलास

जग्गा नामसारी गरिपाउँ

(१) प्रमाण अनुसारको दावी नमिलेको तत्काल जग्गा मिच्नेको २१ नं. ले उजूर लाग्ने हदको व्यहोरा देखाउन नसकेको भनी फिराद नै खारेज गर्न मिल्ने नदेखिने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →