नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 917 · वि.सं. २०३२
नि.नं. 917 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) नियम ६ अनुसार मोहीको लगत प्रकाशित भएकोमा कुनै व्यक्तिलाई प्रतिकूल असर पर्छ भने त्यस्तो असर पर्ने व्यक्तिले नियम ७ बमोजिम उजूर गर्नुपर्ने कुरा भूमिसम्बन्धी नियमको व्यवस्थाबाट प्रष्ट हुने । (प्रकरण नं. ९) (२) मुद्दा पर्दापर्दै कुनै एकपक्षले अर्को पक्षलाई प्रतिकूल असर पर्ने कुनै प्रमाणको श्रृष्टि गर्छ भने त्यसलाई मान्यता दिन मिल्दैन तर पक्ष आफैले अर्को पक्षलाई प्रतिकूल असर पर्ने प्रमाण श्रृष्टि गरेको नभई कानूनी प्रक्रियाहरूबाट नै कुनै काम कुरा हुनजान्छ र सो काम कुराको परिणामबाट कुनै पक्षलाई प्रतिकूल असर पर्न जान्छ भने त्यसउपर कानूनले तोकेको व्यवस्थाअनुसार निजले आफूलाई असर परेको कुरामा कानूनले तोके बमोजिम उजूर गर्नुपर्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 917 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2030/12/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३२, नि.नं. 917 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
