सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४०१ / ४४०

नि.नं. 944वि.सं. २०३२पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) बिनाकारण ज्यादै ढिलो गरी निवेदन गर्न आउनु निवेदकको आचरणमा लापरवाही देखिने, त्यस्तो निवेदकलाई उपचार प्रदान गरेको खण्डमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २५(२) अनुसार मोही मानिने अवस्थाको प्रत्यर्थीको हकहितमा असर पर्न जाने । (प्र.नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 943वि.सं. २०३२पूर्ण इजलास

बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

(१) रुलिङ्ग बाझिएको नदेखिएपछि फेरि कारवाई किनारा गर्न डिभिजन बेञ्चमा पठाउनु पर्ने आवश्यकता नै नहुने । (प्र.नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 942वि.सं. २०३२पूर्ण इजलास

जग्गा

(१) अ.बं.२०१ नं.–अ.बं.२०१ नं. को व्यवस्थाअनुसार तारेखमा नबस्ने गरी धरौटीमा राखी पुनरावेदन गरेकोमा त्यस्तो पुनरावेदन डिसमिस हुनलाई पुनरावेदन सुन्ने अदालतले झिकाएको म्यादमा हाजिर भई तारेखमा रहेकोमा सो तारेख गुजारेको हुनुपर्ने कि आफै तारेखमा रही गुजारेको हुनुपर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 940वि.सं. २०३२संयुक्त इजलास

उत्प्रेषणको युक्त परमादेशको आदेश जारी गरिपाउँ

(१) भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ ले मोहियानी हकको राजीनामा हुनै नसक्नेमा राजीनामा गराएको छु भन्ने निवेदकको भनाई बमोजिम हक प्रचलन गराउँन नमिल्ने । (प्र.नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 939वि.सं. २०३२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) नेपाल यातायात संस्थान विनियम, २०२२ को परिच्छेद ६ को नियम ६(२) मा कुनै खास अवस्थामा कारण नदेखाई बर्खास्त गर्न परेमा समितिले कारण जनाई राखी त्यसो गर्न सक्नेछ भन्ने लेखिएकोमा अस्थायी कर्मचारी भएको र माथि लेखिएअनुसारको कुरा रेकर्डबाट समेत प्रमाणित भईरहेको भन्द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 938वि.सं. २०३२संयुक्त इजलास

उत्प्रेषणको परमादेश वा अन्य उपयुक्त आदेश वा पुर्जि जारी गरी हक प्रचलन गराइ पाउँ

(१) बढुवा गर्दा एक विभागीय प्रमुख मातहतको उम्मेद्वार छँदा छँदै अर्को विभागीय प्रमुख मातहतको अदालतको कर्मचारी उम्मेद्वार हुन सक्दैन भन्न नमिल्ने । (प्र.नं. ७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 937वि.सं. २०३२संयुक्त इजलास

पसलबाट उठाई हक कायम गरी चलन चलाई पाउँ

(१) क्षेत्रीय अदालत नियमावली नियम १८ (ङ)–तल्लो तहको निर्णय फरक पर्ने सिंगलबेञ्चले देखेमा उक्त सिंगलबेञ्चको क्षेत्राधिकार समाप्त हुने । (प्रकरण नं. १६)

नजिर सार पढ्नुहोस् →
नि.नं. 936वि.सं. २०३२

उत्प्रेषण, परमादेश मिश्रित जो चाहिने आज्ञा आदेश जारी गरिपाउँ

(१) अधिकार प्राप्त दौडाहामा यो यति जग्गा बण्डा गर्नुपर्ने भनी मञ्जुर गरी मिलापत्र गरेको देखिन आएको स्थितिमा तायदाती नआएको अंश मुद्दा भन्न नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 935वि.सं. २०३२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) अञ्चलाधीश कार्यालयलाई अदालतमा मुद्दा परेको जग्गाको बाली रोक्का राख्ने आदेश दिने अधिकार जग्गा मिच्नेको १० नं. ले दिएको नदेखिने । (प्र.नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 934वि.सं. २०३२संयुक्त इजलास

हक सफा

(१) प्रमाण बुझी निर्णय दिनुपर्ने स्थितिमा निर्णय गर्ने अधिकार माल तथा प्रमुख जिल्ला अधिकारीलाई मुलुकी ऐन रजिष्ट्रेशनको ३५ नं. ले दिएको नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 933वि.सं. २०३२संयुक्त इजलास

नेपालको संविधानको धारा ७१ बमोजिम बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

(१) सिमा बाहिर जिल्लामा रहे बसेको मानिसलाई पक्रने र नजरबन्द राख्ने प्रमुख जिल्ला अधिकारीको आदेश कानूनी अधिकार विहिन देखिन आउने । (प्र.नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 932वि.सं. २०३२संयुक्त इजलास

चोरी

(१) सयकडा बढी मुनाफा लिएको देखिए चोरीको माल भनी निजलाई थाहा भएकै कुरा देखिन आउने त्यस्तोमा चोरीको २४ नं.बमोजिम सजाय हुने । (प्रकरण नं. ५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 931वि.सं. २०३२पूर्ण इजलास

वेरीतसँग लिलाम गरेको बदर गरिपाउँ

(१) अ.बं.२२० नं. अनुसार दस्तुर टिकट नटाँसेको र अ.बं.९१ नं. अनुसार ठाडो बुझ्ने आदेश पनि नभएको निवेदन पत्रबाट कुनै कारवाई हुन नसक्ने । (२) माल आफैले गरेको लिलाम बदर गर्ने सम्बन्धमा आफैले कारवाई चलाई एकपटक भइसकेको लिलाम बदर गर्नेगरी निर्णय गर्न पाउने कुनै कानूनद्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 930वि.सं. २०३२पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) मोहियानी हकमा आघात पारेकोले भू.प्र.का.को निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदनको जिकिर भएकोमा कानूनले मोहियानी हक प्राप्त हुन नसक्ने भए भू.प्र.को निर्णयबाट कुनै कानूनी हकमा आघात परेको नदेखिने संविधानको धारा ७१ अनुसार निवेदकको हक प्रचलन गराई दिनुपर्ने अवस्थै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 929वि.सं. २०३२पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) म्याद नघाई कूत धरौट राखेकोलाई मान्यता दिने गरी गरेको भू.सु.कार्यालयको निर्णय कानूनबमोजिमको निर्णय भन्न मिल्ने नदेखिने । प्रत्यक्ष कानूनी त्रुटिपूर्ण निर्णय गरेको देखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 928वि.सं. २०३२पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) अधिकार क्षेत्र भित्र रही अघिदेखि कबुलियत गराई बाली खाइआएको भन्ने प्रमाण सर्भे डोरमा दिएको निवेदन पर्चासमेतको मूल्यांकन गरी गरेको निर्णय कानूनी त्रुटि गरी निर्णय गरेको भन्न मिल्ने नदेखिने । (प्र.नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 927वि.सं. २०३२पूर्ण इजलास

लिखत पास

(१) अर्काको जग्गासमेत भित्र पर्ने गरी लेखिएको किल्ला कायम राखी लिखत पास गरिदिन नहुने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 926वि.सं. २०३२पूर्ण इजलास

जग्गा खिचोला

(१) प्रतिवादी जिकिरबाट जग्गा हक बेहकको प्रश्न उठेको र त्यसको निर्णय नगरी मोहियानी हक बेहकको निर्णय गर्न नमिल्ने भएमा प्रचलित अन्य कानूनअन्तर्गत सम्बन्धित पक्षले अदालतमा छुट्टै नालिस गरी हक बेहकको निर्णय गराई ल्याउनुपर्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 925वि.सं. २०३२पूर्ण इजलास

जग्गा खिचोला

(१) आफू मोही भई कमाएको भनेको जग्गाको मोहियानी हकसम्मको खिचोला गर्‍यो भन्ने नभई जग्गामा खिचोला गरेकाले खिचोला मेटाई पाउँ भन्ने दावी भएको जग्गा खिचोला गर्‍यो भन्ने कुरामा अ.बं. ८२ नं. बमोजिम जग्गामा हक पुग्ने जग्गाधनीको नालिस उजूर चाहिने । आफूलाई मोहियासम्म देखा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 924वि.सं. २०३२पूर्ण इजलास

अंश

(१) बकसपत्र दिनेको मृत्यु भएपछि निजले गरिदिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकस पाउनेमा सर्ने र निज बकस दिनेको अंश भागमा बकस पाउनेको हक स्थापित हुने हुनाले मुद्दा चल्दा चल्दै बकस दिनेको मृत्यु भएकोमा निजले गरिदिएको शेषपछिको बकसपत्र बमोजिम निजको अंश भागको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 923वि.सं. २०३२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) जग्गाको मोल गरी क्षतिपूर्ति दिंदा काठमाडौं नगरपञ्चायत ई.बनाउने फाँटबाट कायम गरिएको मूल्यलाई मान्यता दिई नगरपञ्चायतबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको भूमिसम्बन्धी ऐनको दफा २७ को उपदफा १ र नियम १३ को देहाय ३ को प्रत्यक्ष कानूनी त्रुटि गरेको स्पष्ट हुने । (…

नजिर सार पढ्नुहोस् →
नि.नं. 922वि.सं. २०३२पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमिप्रशासकको निर्णय बमोजिम मोहियानी कूत बुझी भरपाई समेत गरी दिईसकेपछि अदालतमा आउन लगाएको करिब ११ महिनाको समय निवेदकले अनुचित बिलम्ब गरेको मान्नु पर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →