(१) सर्वोच्च अदालतबाट समेत मान्यता पाई आएको विशेष अदालत पश्चिम फाँटलाई लामो समयपछि गैरकानूनी भनी प्रश्न उठाई निर्णय बदर गर्ने कुरा असामयिक र अव्यवहारिक हुन गई कानूनी मान्यता नदिने भन्न नमिल्ने । (प्र. नं. १५)
(१) साक्षीहरूले आफ्नै ईन्द्रीयले अथवा आँखा कानले वा इसाराले देखे सुने बुझेको कुरामात्र भन्न पाउने र वारदात गरेको हो होईन भनी ईन्साफको तवरबाट निर्णय प्रमाण पुग्ने कुरा व्यक्त गर्न पाउने कर्तव्य नभएको । (प्र. नं. ४२)
(१) त्रिभुवन विश्वविद्यालय सेवा शर्त नियम २९ (३) : शिक्षकहरूको आचार र अनुशासन सम्बन्धी नियम देखिने, सो नियम उल्लंघन गर्ने व्यक्तिलाई नियममा उल्लिखित अनुशासन सम्बन्धी कारवाहीसम्म हुन सक्ने, निर्वाचनको प्रयोजनका लागि योग्यता वा अयोग्यता निर्धारण गरेको सम्झन नमिल…
(१) विशेष प्रहरी विभागबाट प्रष्टिकरण माग गरिसकेकोमा पुनः प्रष्टिकरण माग गरेर मात्र निर्णय गर्नुपर्ने श्री ५ को सरकारलाई भ्र.नि.ऐन, २०१७ को कुनै दफाले बाध्य गरिएको नदेखिने । (प्र.नं. ९)
(१) एउटै निर्णयलाई लिएर भिन्न–भिन्न व्यक्तिहरूले दिएको दुई भिन्न–भिन्न निवेदनपत्रहरूमा दुई डिभिजन बेञ्चबाट हकदैयाका सम्बन्धमा भिन्न–भिन्न सैद्धान्तिक विवेचना भई दुई विपरीत निर्णयहरू भएकोमा दुई डिभिजन बेञ्चहरूबाट भएको निर्णयको सिद्धान्त (रुलिगं) बाझिएकै सम्झनु…
(१) कुनै कारवाई वा निर्णयको दोष निवारण हुन सक्ने अन्य कानूनी व्यवस्था भएकोमा सो बमोजिम सो दोषलाई निवारण गराउने प्रयास नगरी सोझै सर्वोच्च अदालतको असाधारण अधिकार क्षेत्रबाट त्यसको निवारण गराउन खोज्नु वा गर्नु संविधान अनुकुल नहुने । (प्रकरण नं. ११)
(१) यो चिज वा वस्तु प्रयोग गरी यस किसिमसँग कुटेको हो भनी प्रष्ट खुलाई उल्लेख गर्न नसकी शंकारहित प्रमाणबाट समर्थित नभएकोमा सफाई दिने ठहराएको मनासिव देखिने । (प्र. नं. ६)
(१) भूमीसम्बन्धी ऐन, २०२१ को दफा १५ को प्रतिबन्धात्मक वाक्यांश खण्ड (क) : जग्गाधनीले राख्न रोजेको जग्गा निजले राख्न पाउँने, बसिआएको घरबारी छोडन पर्ने अवस्था पार्ने कानूनको मनसाय नभएको । (प्रकरण नं. ६)
(१) प्रहरी ऐन, २०१२ परिच्छेद ३ दफा ९ : बर्खास्त गर्दा कारण देखाउने मौकादिन मनासिव देख्ने नदेख्ने अठोट सजाय दिने अख्तियारवालाले नै गर्ने उनकै आत्मनिष्ट सन्तुष्टिको कुराहरू यस्तो कानूनी व्यवस्थालाई बस्तुनिष्ट भन्नु र बस्तुनिष्ट दृष्टिकोणबाट हेर्न मिल्ने नदेखिने…
(१) भूमि प्रशासकले भूमिसम्बन्धी नियम २३ अनुसार दरखास्तहरूको आव्हान गरेको र आव्हान गरेको सूचना सम्बन्धीत जिल्लाका गाउँ पञ्चायतमा पठाएको नदेखिए उक्त नियमको विपरीत दर्तावालाहरूको जग्गा बिक्री वितरण गरेकोलाई कानूनी मान्यता दिन नमिल्ने । (प्रकरण नं. १७ र १८)
(१) करणी हुँदा हुँदै मैले हानी मारेको भन्ने अभियुक्तको भनाई भई लास जाँच हुँदा मृतकको लिङ्गमा विर्य बाँकी देखिन र अन्य कागजबाट समेत निजले मारेको देखिए निजैले हतियार प्रयोग गरेको ठहर्ने । (प्र. नं. २७)
(१) प्रहरी कर्मचारीलाई प्रहरी फोर्स नियमावली, २०१५ को नियम ४ को खण्ड ५ र ७ को अभियोगमा सोही नियम ४ अनुसार नोकरीबाट हटाउने अथवा बरर्खास्त गर्ने आदेश दिँदा अवस्था हेरी कारण देखाउने मौका दिन वा नदिन पनि सक्ने अधिकार त्यस्तो आदेश दिने अख्तियारवालालाई भएको, प्रहरी…
(१) राजपत्रमा प्रकाशित सूचनालाई आफ्नो अधिकारको श्रोत देखाई गरेको फैसलामा जासूसी ऐन अन्तर्गतको विशेष अदालत भन्ने नामाकरण गरेको हुँदैमा स्वयं घोषित अदालत भन्न नमिल्ने । (प्रकरण नं. २०) (२) चेक पोष्ट र प्रहरी आ.वा.बाट प्रहरी प्रधान कार्यालयलाई पठाएको आ.वा.हरू अंग…
(१) नेपालको संविधानको धारा १० ले कानूनमा समान संरक्षण हुनेमा, कसैलाई केही कसैलाई केही गर्ने गरी घर भएको वा नभएको भनी विशेषता देखाएको संवैधानिक संरक्षण हनन भएको निणर्यको मान्यता रहन नसक्ने । (प्र.नं. ५)