सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३९९ / ४४०

नि.नं. 992वि.सं. २०३३संयुक्त इजलास

उत्प्रेषणको आदेश वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

(१) अ.बं. ७२ नं. ले छुट्टाछुट्टै विषयमा छुट्टैछुट्टै कारवाही गरी निर्णय दिनुपर्ने । (प्र.नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 991वि.सं. २०३३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) कारवाही भनेको र सजाय भनेको बेगल बेगल हो कारवाहीको नतिजाले सजाय तोक्न सक्ने भए पनि यस्तो सजाय गर्नु भन्ने अधिकार प्रष्टतया लिन सक्नुपर्ने । (प्र.नं. ८) (२) सञ्चालक समितिको महा–प्रबन्धक अध्यक्ष र सदस्य उपर पदाधिकारी देखाई उजूर गरेको हुनाले सञ्चालक समिति उपर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 990वि.सं. २०३३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) हकदैयाका सम्बन्धमा साधारणतः ‘प्रतिकूल असर’ कै सिद्धान्त लागू हुने । (प्र.नं. ९) (२) सर्वोच्च अदालतले हकदैयाको प्रश्नको निराकरण गर्न भूमिसम्बन्धी ऐन, २०२१ को दफा २४क. अन्तर्गतको अधिकारको स्थान र अधिकार ग्रहण गरी जग्गाको बिक्री वितरणको वैधताको जाँचबुझ गर्न व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 989वि.सं. २०३३संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

(१) ऐनबमोजिम कसूर गरे नगरेको विषय मुद्दा दायर भइसकेपछि अदालतले विचार गर्ने कुरा हो । दायरै नभएको मुद्दाको तथ्यभित्र नै प्रवेश गरी औचित्यतर्फ विचार गर्न बन्दीप्रत्यक्षीकरणको निवेदनपत्रबाट नमिल्ने । (प्र.नं. ९) (२) बन्दीप्रत्यक्षीकरणको निवेदनपत्रबाट निजले दिनुपर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 988वि.सं. २०३३पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) साहुतर्फबाट जिकिरै नगरेको कुरामा साहुले आयस्ता खाएकै छ भनी अड्डाबाट निर्णय गर्दा प्रतिवाद नगरेको कुरामा र सबूद नखुलाएको कुरामा निर्णय हुन जाने । उजूरीमा तोकेको मितिसम्मको साहुले पाउने व्याज र आयस्ता खाएको हिसाब गर्न न्यायिक हुन जाने । (प्र.नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 987वि.सं. २०३३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) मुद्दामा निर्विवाद रूपमा रहेको तथ्यबाट निवेदकले कानूनबमोजिम हक प्राप्त गरेको होइन वा प्राप्त गर्न सक्ने स्थिति नै छैन भन्ने देखिएमा त्यस्तो हक प्रचलनको लागि रिट निवेदन दिने हक निवेदकलाई प्राप्त नभएको सम्झनु पर्ने । (प्र.नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 986वि.सं. २०३३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) निवेदकले बिक्री वितरणमा पाई निजको हक भोग भएको जग्गा जफत गर्दा निजलाई बुझ्नु पर्नेमा नबुझी गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको विरूद्ध छ । कसुरै नखुलाई जफत गर्ने गरेको निर्णयलाई न्यायिक मनको अभावमा भएको सम्झनु पर्ने । (प्र.नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 985वि.सं. २०३३संयुक्त इजलास

नासो धरौट

(१) थर वतन पूरा नलेख्दैमा सो कागजबाट उत्पन्न दायित्वमा प्रतिवादीले फुर्सद पाउँछ भन्न नमिल्ने । (प्र.नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 984वि.सं. २०३३पूर्ण इजलास

ब्याज भराई दृष्टि चलन चलाई पाउँ

(१) व्यक्ति सरहको नाउँमा ब्याज भराई कम्पनीको जेथा चलन चलाई पाउँ भन्ने वादी दावी लाग्न नसक्ने नै देखिन आएकोले कम्पनी ऐन, ०२१ को ७(२) बमोजिम फिराद खारेज गर्ने । (प्र.नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 983वि.सं. २०३३पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) जग्गाधनी हकमा तेरोमेरो भएकोमा निर्णय गर्ने अधिकार भूमिप्रशासकलाई नभएकोले हक वेहक छुट्याई ल्याउनु भनी सुनाई निर्णय गरेको हुँदा जग्गाधनीको विषयमा आफ्नो हकमा हककायम गरी लिनपाउने भएकै हुँदा त्यस निर्णयबाट निवेदकको कुनै हकमा आघात पारेको समेत नदेखिने । (प्र.नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 982वि.सं. २०३३पूर्ण इजलास

हकसफा

(१) लेनदेन व्यवहारको १६ नम्बरले निखनार्ई पाउँ भन्नेले थैली धरौट राखी नालेश गर्नुपर्ने र थैलीमा मुख नमिलेमा निश्चित भएपछि ३५ दिनभित्र थैली धरौटी राख्न पाउने तात्पर्यको लागि सो ऐनको बनावट देखिने । (प्र.नं. ११) (२) प्रतिवादी परेपछि थैलीमा मुख नमिलोस् वा वादीले फि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 981वि.सं. २०३३संयुक्त इजलास

अदालतको अपहेलना

(१) अदालतको मानहानीसम्बन्धी मुद्दालाई २ पक्षको बीच पर्ने देवानी फैज्दारी मुद्दाको समकक्षमा राखिएको हुँदैन । अपहेलनाको कारवाही अदालतको विशिष्ट अधिकारको कुरा हो र आफैंद्वारा निर्धारित कार्यविधिको अनुशरण गरी निर्णय गर्दछ । यो विशिष्ट अधिकार क्षेत्र ग्रहण गर्दा अद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 980वि.सं. २०३३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) दर्ता र भोगवाला भई निजको जग्गा जफत भएको छ भनी निवेदनपत्र दिन आएकोमा उजूर गर्न हक छैन भनी निर्णय हुन नसक्ने । (प्र.न. ६) (२) झुठ्ठा व्यहोरा देखाई प्राप्त गरेकोमा र नियम विरूद्ध प्राप्त गरेकोमा समेत दफा २४(क) लागू हुन्छ । (प्र.नं. ७) (३) कुनै दर्ता भइसकेको ज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 979वि.सं. २०३३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) निवेदकले विक्रीवितरणबाट प्राप्त गरेको जग्गामा उक्त आयोगको निर्णय सूचनाबाट प्रतिकूल असर परेको देखिएकाले सो निर्णय बदर गराई माग्न रिट निवेदन दिन पाउने हकदैया निवेदकलाई भएकै देखिने । (प्र.नं. ६) (२) सबूद प्रमाणको आधारमा झुठ्ठा व्यहोरा देखाई वा नियम विरूद्ध जग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 977वि.सं. २०३३पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) स्थायी पदाधिकार भएको व्यक्तिलाई सेवाबाट हटाउने निर्णय गर्दा तिनलाई आफ्नो कुरा भन्न पाउने मौका नदिई निजलाई विपरीत असर पर्ने गरी निर्णय गरिन्छ भने सो प्राकृतिक न्याय सिद्धान्त विपरीत हुन जाने । (प्र.नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 976वि.सं. २०३३पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) स्थायी पदाधिकार भएको व्यक्तिलाई सेवाबाट हटाउने निर्णय गर्दा निजलाई आफ्नो कुरा भन्न पाउने मौका नदिई निजलाई विपरीत असर पर्ने गरी निर्णय गरिन्छ भने सो प्राकृतिक न्याय सिद्धान्त विपरीत हुन जाने । (प्र.नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 975वि.सं. २०३३पूर्ण इजलास

जग्गा दाखिल दर्ता

(१) जग्गा प्रतिवादीले खिचोला गरेको कुरामा तत्काल प्रचलित मुलुकी ऐन जग्गा मिच्नेको १८ नं. ले जग्गामा खिचोला उठेको मितिले २ वर्षभित्रै आफ्नो हक कायम गर्न हक बेहकमा अधिकार प्राप्त अदालतमा उजूर गर्नुपर्ने । ज.मि.को १८ नं. को म्याद २ वर्ष नाघी परेको देखिएकोले म्याद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 974वि.सं. २०३३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) चितवन वन कार्यालयले निवेदकका नाउँको जग्गाको दर्ता लगत कट्टा गर्न पाउने निर्णय गर्दा निवेदकलाई प्रतिवाद गर्न मौका दिनु पर्ने सो दिएको नदेखिए प्राकृतिक न्याय सिद्धान्तको विपरीत हुने । (प्र.नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 973वि.सं. २०३३पूर्ण इजलास

ठगी

(१) इन्स्पेक्टर सवालको दफा २ मा उल्लेख भएको अमिनीमा चलान गरिदिने छन् भन्ने शब्दहरूले प्रहरीलाई ठगीको अपराधको सम्बन्धमा ठाडो कारवाही गरी मुद्दा चलाउन अधिकार दिएको सम्झन नमिल्ने । (प्र.नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 972वि.सं. २०३३पूर्ण इजलास

परमादेशको आदेश जारी गरी पाउँ

(१) प्रतिवादी सरह कारवाही चलाई म्याद जारी भएको व्यक्तिलाई ने.वि.अ.ऐन, २०१३ को दफा ४ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांशअनुसार उजूरीमा तोकिएको आधार र निज उपर परेको दावाको विवरण खोली पठाउनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था । (प्र.नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 971वि.सं. २०३३संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश जारी गरिपाउँ

(१) समान व्यक्तिहरूका बीच भेदभाव गरेको देखिएमा मात्र नेपालको संविधानको धारा १० (१) को वर्खिलाप हुने । (प्र.नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 970वि.सं. २०३३पूर्ण इजलास

भ्रष्टाचार

(१) वेरीत वादी प्रतिवेदन खारेज भएकोमा कानूनले मुद्दै चल्न नसक्ने गरी मुद्दै खारेज भएको भन्न नमिल्ने । (प्र.नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 969वि.सं. २०३३पूर्ण इजलास

जग्गा दोहरा

(१) प्रतिपादित सिद्धान्त अनुकूल नभई तह तहबाट कारवाही किनारा हुँदै आएको कानून विपरित कारवाही तथा निर्णय बदर हुने । (प्र.नं. १५)

नजिर सार पढ्नुहोस् →