नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 981 · वि.सं. २०३३

नि.नं. 981 — अदालतको अपहेलना

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अदालतको मानहानीसम्बन्धी मुद्दालाई २ पक्षको बीच पर्ने देवानी फैज्दारी मुद्दाको समकक्षमा राखिएको हुँदैन । अपहेलनाको कारवाही अदालतको विशिष्ट अधिकारको कुरा हो र आफैंद्वारा निर्धारित कार्यविधिको अनुशरण गरी निर्णय गर्दछ । यो विशिष्ट अधिकार क्षेत्र ग्रहण गर्दा अदालत कुनै कानूनी प्रक्रियाद्वारा बाँधिएको हुँदैन । (प्र.नं. १०) (२) अदालतको अपहेलनाको कारवाही न्यायाधीशको बचावटको निमित्त होइन न त अदालतको बचावटको लागि हो, सो कारवाही अदालतको इज्जत मर्यादा खतरामा परेबाट हुने खराबीबाट जनतालाई बचाउनको निमित्त उठाइन्छ । (प्र.नं. १२) (३) कसैको अधिकार छ वा छैन भन्ने कुरा अदालतको अपहेलनाको मापदण्ड होइन, अदालतको अपहेलनाको एकमात्र मापदण्ड हुन्छ । त्यो हो कुनै कार्यले न्याय सम्पादनमा बाधा दिएको वा दिन प्रयास गरेको छ वा छैन र त्यसबाट अदालतप्रति जनताको आस्थामा आघात पुगेको छ वा छैन । (प्र.नं. १२) (४) कानून विशेषज्ञबाट पक्षले ज्ञान गर्नुपर्ने कुरालाई पक्षले भन्दैमा अदालतले कानून विशेषज्ञको काम गर्ने होइन । मुद्दाको विषयवस्तुस“ग सम्बन्ध भएको कुरामामात्र व्याख्या र न्यायिक निर्णय दिनुपर्ने । (प्र.नं. १२) (५) न्यायाधीशले गरेको न्यायिक कार्यमा कुनै अनियमितता वा त्रुटी रहन गएको छ भने त्यसको सुधार कानूनले निर्दिष्ट गरेबमोजिम न्यायिक तरिकाबाट मात्र गर्न सकिन्छ । अन्य तरिकाबाट अदालतप्रति जनआस्थालाई घटाउने किसिमबाट त्यसको टिका टिप्पणी वा हस्तक्षेप गरिन्छ भने अदालतको न्याय सम्पादन कार्यमा अवरोध खडा गरेको हुन जान्छ र जनताको अदालतप्रतिको श्रद्धामा आघात पुर्‍याएको हुन्छ जो निःसन्देह अदालतको अपहेलना गरेको मानिने। (प्र.नं. १६) (६) अपहेलनासम्बन्धी मुद्दामा अपहेलना गर्नको मनसाय प्रासड्डिक हुँदैन किनभने यस्ता कुनै कार्य अदालतको कुनै सम्मानमा क्षति पुर्‍याउने खालको छ छैन भन्ने मात्र हेरिन्छ । (प्र.नं. १६) (७) आफूलाई लागेको कुरा व्यक्त गर्नाले नै प्रतिरक्षा गरेको र पश्चाताप नदर्शाएको भनी सम्झन र स–शर्त क्षमायाचना गरेको भनी नामञ्जूर गर्न मनासिव देखिदैन, मुख्य कुरा शुद्ध हृदयले क्षमायाचना गरेको हो होइन भनी हेरिनुपर्ने । (प्र.नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.981
मुद्दाको विषयअदालतको अपहेलना
निर्णय वर्ष / मिति2032/11/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र | माननीय न्यायाधीश श्री प्रचण्ड राज अनिलज्यूले राय किताबमा न्यायाधीशको दस्तखत भएको छ छैन हेर्नुप | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिज्यूबाट पनि उतै जाउ भनी आदेश गर्नुभए मुताबिक फेरि माननीय मुख्य न्यायाधीशज्यूसमक्ष हामी ती नै जना गयौं । उक्त सन्दर्भमा मलाई सम्मानित अदालतको अनुमति थिएन भनी मैले सम्झने अवस्था परेन । उल्लिखित अवस्थामा समेत सम्मानित अदालतको अनुमति थिएन भन्ने लागेमा मलाई तत्कालै बोध गराइएको भए उसैबखत माननीय न्यायाधीशज्यूहरूबाट क्षमायाचना माग्ने थिएँ । यस्तो अवस्थामा अज्ञानतावश त्रुटि हुन गएको छ भन्ने लाग्न गएमा क्षमायाचना चाहन्छु । अनुसन्धान कारवाहीको सन्दर्भमा तत्कालको स्थितिमा जे जस्तो रूपमा कागजातहरू थिए
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 981
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्