नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 982 · वि.सं. २०३३

नि.नं. 982 — हकसफा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लेनदेन व्यवहारको १६ नम्बरले निखनार्ई पाउँ भन्नेले थैली धरौट राखी नालेश गर्नुपर्ने र थैलीमा मुख नमिलेमा निश्चित भएपछि ३५ दिनभित्र थैली धरौटी राख्न पाउने तात्पर्यको लागि सो ऐनको बनावट देखिने । (प्र.नं. ११) (२) प्रतिवादी परेपछि थैलीमा मुख नमिलोस् वा वादीले फिराद गर्दैमा प्रतिवादीको लिखतको थैलीमा मुख नमिली थैली बढाएको भन्ने जालसा“जी मुद्दा परी थैलीमा मुख नमिलोस वास्तवमा थैली निश्चित भएको अवस्था नजनाउने हुन आउँछ । त्यस्तो निश्चित नभएकोमा फैसला भई निश्चित भएको ३५ दिनभित्र धरौट राख्न पाउने । (प्र.नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.982
मुद्दाको विषयहकसफा
निर्णय वर्ष / मिति2033/07/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री वासुदेव शर्माको र पुनरावेदक अम्मरबहादुर खत्री विपक्षी चेहर सिं भएको थैली जालसाजी र निखनाई पाउँ भन्ने २ दुई मुद्दा दायर भएकोमा जालसाजीमा मुद्दा परिसकेकोमा थैली कायम भइसकेपछि लेनदेन व्यवहारको १६ नम्बरबमोजिम ३५ दिनभित्र थैली धरौट राखी निखन्न पाउने भनी ०२५।१२।२६ मा डिभिजन बेञ्चबाट फैसला भएको सदर गरी ०२७।४।२०।३ को फुल बेञ्चबाट फैसला भएको देखिएकोले सो नजिर यस मुद्दामा मिल्ने हुनाले पश्चिमाञ्चल क्षेत्रीय अदालतको वादी खारेज गर्ने गरेको इन्साफ मिलेन भन्ने डिभिजन बेञ्चको अर्का माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्रको राय भएको रहेछ । | माननीय न्यायाधीश श्री वासुदेव शर्माको राय मिलेको देखएन । तपसीलको कुरामा तपसीलबमोजिम गरी मिसिल नियम बमोजिम बुझाई दिनु । | माननीय न्यायाधीश श्री वासुदेव शर्माले व्यक्त गर्नुभएको रायसँग म सहमत छु । थैली थाहा हुँदा हुँदै पनि फिरादपत्र साथ थैली धरौट नराखेकोले वादी दावी खारेज गर्ने गरेको पश्चिमाञ्ल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ । यस बेञ्चका सहयोगी न्यायाधीशज्यूहरूको बहुमतसँग मेरो राय नमिलेकोले यस सम्बन्धमा मैले अरू केही भनी रहन परेन नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 982
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्