नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 989 · वि.सं. २०३३
नि.नं. 989 — बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) ऐनबमोजिम कसूर गरे नगरेको विषय मुद्दा दायर भइसकेपछि अदालतले विचार गर्ने कुरा हो । दायरै नभएको मुद्दाको तथ्यभित्र नै प्रवेश गरी औचित्यतर्फ विचार गर्न बन्दीप्रत्यक्षीकरणको निवेदनपत्रबाट नमिल्ने । (प्र.नं. ९) (२) बन्दीप्रत्यक्षीकरणको निवेदनपत्रबाट निजले दिनुपर्ने कर तिरी बुझाइसकेको छ छैन विचार हुने नभई मुद्दा दायर भएपछि अदालतले विचार गर्ने कुरा भएको र उक्त काम बाँकी नै भएकोले यसै हो भनी ठहर गर्न नमिल्ने । (प्र.नं. ११) (३) बन्दीप्रत्यक्षीकरणको रिट गैरकानूनी थुनामा रहेको व्यक्तिलाई मुक्त गर्न प्रभावशाली माध्यम भएको कुरामा कुनै शंका छैन र यस्तो देखेमा यस अदालतको पुनीत कर्तव्य पनि त्यही नै हो । (प्र.नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 989 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2033/07/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३३, नि.नं. 989 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
