नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 979 · वि.सं. २०३३

नि.नं. 979 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकले विक्रीवितरणबाट प्राप्त गरेको जग्गामा उक्त आयोगको निर्णय सूचनाबाट प्रतिकूल असर परेको देखिएकाले सो निर्णय बदर गराई माग्न रिट निवेदन दिन पाउने हकदैया निवेदकलाई भएकै देखिने । (प्र.नं. ६) (२) सबूद प्रमाणको आधारमा झुठ्ठा व्यहोरा देखाई वा नियम विरूद्ध जग्गा प्राप्त गरेको भनी दोष लगाई सम्पत्तिको हकमा विपरित असर पर्ने गरी जफत गर्ने निर्णय गरिन्छ भने त्यसलाई प्रशासकीय निर्णय भन्न मिल्दैन अपितु त्यस्तो निर्णय गर्ने अधिकारीलाई अर्ध–न्यायिक भन्नु पर्ने । (प्र.नं. ७) (३) निर्णयमा उल्लेख नभएको कुराको लिखित जवाफले कुनै महत्त्व राख्दैन किनभने लिखित जवाफले निर्णयको त्रुटीलाई सच्याउन सक्तैन । (प्र.नं. ८) (४) झुठ्ठा व्यहोरा देखाई वा अनियमित तरिकाले जग्गा प्राप्त गरेको भनी कसैको जग्गा जफत गर्दा विपरीत असर पर्ने व्यक्तिलाई सो विषयमा आफ्नो कुरा भन्न सुनुवाईको मौका दिनुपर्छ । सो नभएमा प्राकृतिक न्याय सिद्धान्तको विपरीत निर्णय गरेको हुन्छ । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.979
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2033/03/18
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 979
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्