नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 980 · वि.सं. २०३३
नि.नं. 980 — उत्प्रेषणको आदेश जारी गरी पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) दर्ता र भोगवाला भई निजको जग्गा जफत भएको छ भनी निवेदनपत्र दिन आएकोमा उजूर गर्न हक छैन भनी निर्णय हुन नसक्ने । (प्र.न. ६) (२) झुठ्ठा व्यहोरा देखाई प्राप्त गरेकोमा र नियम विरूद्ध प्राप्त गरेकोमा समेत दफा २४(क) लागू हुन्छ । (प्र.नं. ७) (३) कुनै दर्ता भइसकेको जग्गा जफत गर्नुपर्छ भने त्यसको दर्तावालाले किन जफत हुन नपर्ने हो भनी आफ्नो प्रमाणसहितको व्यहोरा पेश गर्न मौका नदिई यस्तो अर्धन्यायिक निर्णय गर्नेले प्राकृतिक न्याय सिद्धान्तको खिलाफ गरेको हुन्छ । (प्र.नं. ८) (४) भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५७ ले कुनै अधिकारी वा समितिलाई श्री ५ को सरकारले अधिकार सुम्पिने हुनाले आयोगलाई अधिकार सुम्पन मिल्दैन भन्ने निवेदक तर्फको बहसमा अधिकारी भनेको आयोग होइन भनी अर्थ गर्न मनासिव पर्दैन । (प्र.नं. ९) (५) जवाफमा मात्र यस्तो परिबन्द परेकोले जफत गर्ने गरी निर्णय गरेको भएको हो भनी लेखेकोमा पहिले ठहरहरूमा नलेखेको कुरालाई पछि जवाफमा अजमायस गरेको देखिने हुनाले निवेदकका हकमा यो अपराध गरेको भन्ने नै ठहर गरेको कारणले यस्तो निर्णयलाई गैरकानूनी भन्नुपर्ने हुँदा न्यायिक मनको अभाव देखिएको यस्तो निर्णय प्रयोगशून्य हुन्छ । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 980 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरी पाउँ |
| निर्णय वर्ष / मिति | 2033/03/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्वराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३३, नि.नं. 980 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
