नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 961 · वि.सं. २०३३

नि.नं. 961 — उत्प्रेषणको आदेश जारीगरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एउटै निर्णयलाई लिएर भिन्न–भिन्न व्यक्तिहरूले दिएको दुई भिन्न–भिन्न निवेदनपत्रहरूमा दुई डिभिजन बेञ्चबाट हकदैयाका सम्बन्धमा भिन्न–भिन्न सैद्धान्तिक विवेचना भई दुई विपरीत निर्णयहरू भएकोमा दुई डिभिजन बेञ्चहरूबाट भएको निर्णयको सिद्धान्त (रुलिगं) बाझिएकै सम्झनु पर्ने । (प्रकरण नं. ८) (२) रिट अधिकार क्षेत्रमा प्रवेश गर्ने क्षमता हकदैयाबाटै प्राप्त हुने, सो हकदैया नभएका व्यक्तिको लागि सो अधिकार क्षेत्रको प्रवेशद्वार नै बन्द हुने । (प्रकरण नं. ११) (३) हकदैयाको खोजी गर्ने सिलसिलामा सर्वोच्च अदालतले अन्य निकाय वा अधिकारीको अधिकार क्षेत्रको विषय वस्तुमा हस्तक्षेप गरेर त्यस्तो निकाय वा अधिकारीबाट हुनु पर्ने विवादयुक्त हकको आफैले निर्णय गर्न नहुने । सरसर्ती हेर्दा कुनै विवादग्रस्त निर्णयबाट निवेदकको कुनै हक वा हितमा कुनै प्रतिकुल असर देखिन्छ भने सो निर्णय बदर गराई माग्ने हक निवेदकलाई भएकै सम्झनु पर्ने । (प्रकरण नं. १२) (४) जग्गावालासँग लिखत कबुलियत नगरी जग्गा कमाउने निवेदकहरूलाई निजहरूले पाएको मोहीयानी हकको अस्थाई प्रमाण पूर्जा पाएको नाताले मात्र कानूनबमोजिम मोहियानी हक प्राप्त भएको सम्झन नमिल्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.961
मुद्दाको विषयउत्प्रेषणको आदेश जारीगरी पाउँ
निर्णय वर्ष / मिति2033/01/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 961
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्