सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३४६ / ४४०

नि.नं. 2254वि.सं. २०४२संयुक्त इजलास

परमादेश

निवेदन बमोजिम काम कारवाही नभएको विपक्षी मन्त्रालय समेतको लिखित जवाफबाटै देखिएकोले निवेदिकाको माग दावी अनुसार कानुन बमोजिम काम कारवाही गर्नु गराउनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2253वि.सं. २०४२संयुक्त इजलास

ज्यान

मार्नका मनसाय रहेनछ ज्यान लिनुपर्ने सम्मको इवी पनि रहेनछ लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा बिष खुवाएकोमा बाहेक लाठा, ढुङ्गा, लात मुक्का इत्यादि हान्दा सोही चोट पिरले ऐनको म्यादभित्र ज्यान मरेमा दश…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2251वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

मुद्दा मामिलाको कार्यलाई अपरझट परी आउने कार्य भन्न नमिल्ने देखिँदैन । सेक्रेटरी जनरलले संघकोतर्फबाट मुद्दा गर्न पाउँदैन भन्ने विधानमा कतै उल्लेख भएकोसमेत देखिँदैन । (प्रकरण नं.८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2250वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

मत्स्यपालन हुँदैमा पूजाआजा बली चढाउने समेतको अन्य धार्मिक अनुष्ठान रोकिन जान्छ भनी अनुमान गरी रिट जारी गर्न न्यायोचित देखिन्न । (प्रकरण नं.९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2249वि.सं. २०४२संयुक्त इजलास

निषेधाज्ञा

आफूले गरेको शर्तनामामा मञ्जूरी समेत गरी सकेकोले निवेदकको निवेदन खारेज गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं.१२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2248वि.सं. २०४२संयुक्त इजलास

लिखत बदर

अंशबण्डाको १९ नं. मा पिता पूर्खाका पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधी सम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधवा बुहारीको मञ्जूरी नभए पनि आफूखुस गर्न पाउँछ अचलमा आधीभन्दा बढी भने व्यवहार चलाउनै परे पनि एक्काइस वर्ष नाघेका स्वास्नी छोरा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2247वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

विवादको जग्गाहरू यो यसको हो वा होइन भनी हक बेहक छुट्याउने अधिकार नगर पञ्चायत ऐन, ०१९ को दफा १७(८) ले नगर पञ्चायतलाई प्रदान गरेको देखिन्न । (प्रकरण नं.७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2246वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

जिल्लामा एकलौटी हो वा साझा हो सो विवाद ल.पु.न.पं.ले साझा नै कायम गर्ने भनी अधिकार बाहिर गई बढी कुरा लेखी निर्णय गरेको त्रुटिपूर्ण देखिन आएको । (प्रकरण नं.११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2245वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

अधिकार बिना निवेदकलाई प्र.पं. को हैसियतले कार्य नगरी उप प्र.पं. को हैसियतले गा.पं. कार्यालयको ताल्चा खोली काम गर्नु भन्ने प्रत्यर्थीहरूको उक्त आदेश निर्णय अनाधिकारको तथा प्राकृतिक न्याय सिद्धान्त विपरीत समेत देखिने । (प्रकरण नं.१०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2244वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

निर्वाचन बदर गरिपाउँ भन्ने रिट निवेदकको माग छैन यस्तो स्थितिमा निवेदकको माग बमोजिम उत्प्रेषणको आदेशद्वारा श्री ५ को सरकारको निर्णय बदर गर्न रिट जारी गरे पनि निरर्थक हुन जाने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । (प्रकरण नं.१४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2243वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

अधिकार प्राप्त मोही भएको यथार्थ प्रमाणद्वारा पुष्टि गर्न सकेको पाइँदैन । जग्गाधनीबाट भर्पाई लिएको छु भन्ने लिएको जिकिरको सम्बन्धमा हेर्दा पनि त्यस्तो कबुलियत भर्पाई एकप्रति स्थानीय पञ्चायतमा दाखिल गराउन पर्ने कुरा भूमिसम्बन्धी ऐनको ३४(१) मा व्यवस्था गरेको पाइन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2242वि.सं. २०४२संयुक्त इजलास

अंश

विवादित अंशियार सगोल कै ठहराई सकेपछि बिना सबूत प्रमाण बेगर सगोलको अंशियार विष्णु कुमारीको नाउँमा रहेको घर जग्गा बाहेक गर्ने गरी शुरूले गरेको इन्साफ सदर गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । (प्रकरण नं.११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2241वि.सं. २०४२संयुक्त इजलास

परमादेश

विवादित टपलाई नक्सा भन्दा बढी बनाएको भत्काई दिने गरी निर्णय भएको भन्ने का.न.पं. को लिखित जवाफमा उल्लेख भएको पाइन्छ । अब यसमा उक्त निर्णय तथा नक्सा पास बमोजिमको घर मात्र बनाउन दिने गरी काठमाडौं नगर पञ्चायतका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । (प्रकरण नं.७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2240वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

मोहीले जग्गा धनीलाई कुत बुझाएको अथवा धरौट राखेको छु भनी प्रमाण पुर्‍याउनु पर्ने । (प्रकरण नं.९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2239वि.सं. २०४२संयुक्त इजलास

ज्यान

मृतकसँग मार्नेसम्मको पहिलेको रिसइवी भएको नदेखिएको अवस्थामा २ पक्षको बीचमा भएको भनाभनको स्थिति चर्कन गई तत्काल उठेको रिस आवेगमा प्र.बद्री नारायणले आफूसँग रहेको लाठीले प्रहार गर्दा भन्ने कुरा प्रहरीमा साविती भएको र सो को पुष्टी पोष्टमार्टम रिपोर्ट समेतबाट समर्थन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2238वि.सं. २०४२संयुक्त इजलास

कर्तव्य ज्यान

बच्चा जन्मिएपछि बच्चा दुर्घटनावश आफैं पनि निस्सासिएर मर्न सक्ने भनि मोदिको मेडिकल जूरिस्प्रोडेन्सबाट हत्याको परिच्छेद नवौं संस्करण पृष्ठ ३७५ मा लेखिएको र मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उल्लिखित बुँदा प्रमाणहरू समेतको आधारमा प्रतिवादीको कर्तव्यबाट नै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2237वि.सं. २०४२संयुक्त इजलास

दर्ता बदर गरी दर्ता गरिपाउँ

बिगो नखुलेको क्षेत्रीय अदालतले हेर्न पाउने बाहेकका मुद्दा देखिएकोले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(१)(ख) अनुसार जिल्ला अदालतको फैसला उपर सम्बन्धित अञ्चल अदालतमा पुनरावेदन लाग्नेमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले पुनरावेदन पत्र लिई फैसला गरेको मिलेको न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2236वि.सं. २०४२संयुक्त इजलास

आदेश बदर

आदेश बदर गरिपाउँ भन्ने मुद्दामा अंशबण्डा गरिपाउँ भन्ने दावी बिनाको अंशियार सगोलमा छन् को को छुटिएको छन् भनी ठहर गर्न पनि मिल्ने देखिएन । (प्रकरण नं.१२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2235वि.सं. २०४२संयुक्त इजलास

डाँका

राजनैतिक उद्देश्यले भएको नाराबाजी तोडफोड र लुटपीट समेतका कृयालाई लिएर राजकाज सजायँ ऐन अन्तर्गत मुद्दा चल्न नसकेपछि डाँका मुद्दा चलाएको देखिएकोमा प्रतिवादीहरूले डाँका गर्ने उद्देश्य लिएर लुटपीट गरेको भन्ने यकीन अवस्था विद्यमान नभएको। (प्रकरण नं.७१)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2234वि.सं. २०४२संयुक्त इजलास

लिखित पास

एकै लगाउको मुद्दा फरक–फरक अदालतबाट हेराउने गरेको कानुनसंगत नहुनुका साथै लिखत जालसाजी वा सद्दे के हो त्यसतर्फ शुरू जि.अ.बाट नबोले तापनि अ.बं. २०९ नं. अनुसार बागमती अञ्चल अदालतबाट ठहर निर्णय हुन बाधा नपर्ने । (प्रकरण नं.१३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2233वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण, परमादेश मिश्रित उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ

कानुन बमोजिम स्थानीय पञ्चायतमा एकप्रति कबुलियत दाखिल नभएको र रीतपूर्वकको अभावमा रिट निवेदकको दावी खारेज गर्ने गरेको भू.सु.का. काठमाडौंको निर्णय त्रुटिपूर्ण छ भन्न नमिल्ने । (प्रकरण नं.१४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2232वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण लगायत आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

नियमले तोकिएको अधिकारी अख्तियारवाला विभागीय प्रमुख भन्सार विभागका महानिर्देशकले रिट निवेदकलाई आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको भन्ने अभियोगमा नि.से.नि. ०२१ को नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाएको र त्यस…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2231वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ

विलम्ब गरी पर्न आएको रिट निवेदनबाट निवेदकको माग अनुसारको आदेश जारी गर्न मिलेन। (प्रकरण नं.११)

नजिर सार पढ्नुहोस् →