उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
मोही लगत दर्ता कितावमा सच्याई मोहीले मोही लगत कट्टा भएको सूचना प्राप्त नगरेसम्मलाई मोहीले जग्गा छोडेको मान्न मिल्ने देखिँदैन । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३४७ / ४४०
मोही लगत दर्ता कितावमा सच्याई मोहीले मोही लगत कट्टा भएको सूचना प्राप्त नगरेसम्मलाई मोहीले जग्गा छोडेको मान्न मिल्ने देखिँदैन । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →वादी प्रतिवादीहरू बीच अंश भइसकेको भन्ने देखिन आएको हुनाले समेत प्रतिवादीहरूबाट अंश पाउँ भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →०३०।४।११ मा थाहा पाएको भन्दै ०३०।५।१२ मा थैली धरौट राखेकोलाई हदम्याद नाघी धरौट राखेको भन्न मिल्दैन । (प्रकरण नं. १५) पुनरावेदक प्रतिवादीः विद्वान अधिवक्ता श्री चूडामणी राज सिंह मल्ल
नजिर सार पढ्नुहोस् →पहिलादेखि नै ज्यान मार्ने इवी समेत भएको देखिएकोले अभियुक्तलाई ज्यानसम्बन्धीको १३(३) बमोजिमको सजायँ गर्ने गरी गरेको पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णय उपयुक्त नै भएकोले सदर हुने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →गैरकानुनी तरिकाबाट पुनरावेदकलाई नि.से.नि. २०२१ को नियम १०.६(५) को आरोपमा नियम १०.१(५) बमोजिम भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाउने गरेको श्री ५ को सरकारको निर्णय पर्चा प्रत्यक्षतः कानुनी त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →के कति कारणबाट पछि मृत्यु हुन गएको हो सो कुरा अस्पतालको पत्रबाट खुल्दैन । मर्ने कौशिलाको पोष्टमार्टम भएको पनि पाइँदैन । यस स्थितिमा मर्नेलाई प्रतिवादीले कर्तव्य गरी मारेको हो भन्न सकिने शंकारहित किटानी तथ्ययुक्त सबूत प्रमाणको अभाव हुँदा निजलाई दोषी ठहराउन न्या…
नजिर सार पढ्नुहोस् →आफूले आर्जेको अचल सम्पत्ति बेचबिखन गर्दा संगै बस्नेको मञ्जूरी लिनु नपर्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →आफूले आर्जेको सम्पत्ति आफूखुश गर्न पाउने । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →अलग–अलग विवाद बिन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन । (प्रकरण नं. १८)
नजिर सार पढ्नुहोस् →§ संयुक्त इजलासले संयुक्त इजलासको पूर्व फैसलामा तथ्य फरक छ वा गलत छ, तर्कसंगत वा विवेकपूर्ण छ वा छैन वा सर्वसाधारणमा असुविधा वा कठिनाई उत्पन्न भइरहेको आदेशलाई विचारै नगरी निर्णय भएको हो भनी न्यायिक प्रक्रिया वा परिपाटीले भन्न, अर्थ गर्न र सम्झन मिल्ने नहुने ।…
नजिर सार पढ्नुहोस् →§ व्यापार कर, प्रकाश कर र सफाई कर असूल गर्न विपक्षी नगरपञ्चायतबाट गरिएका ठेक्का तथा कारवाहीहरू त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर गरिएको छ । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ वादीको दावी र गाउँपञ्चायत ऐन, २०१८ को दफा ४१(१)(ज) को सीमा बाहिर गई निर्णय गरेको उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →§ शंकाको भरमा अपराधी ठहर्याउन प्रमाण योग्य भएको नदेखिँदा शुरूले निजलाई ज्यान सम्बन्धीको १६ नं. अनुसार सजाय गरेको फैसला कानुनसंगत नदेखिने । (प्रकरण नं. २२)
नजिर सार पढ्नुहोस् →§ रजिष्ट्रेशन पारित भइसकेको बण्डापत्रको लिखत बदर गराउनको लागि उक्त ऐन बमोजिम जिल्ला अदालतमा नालिश गर्न पाउने स्पष्ट कानुनी उपचारको बाटो विद्यमान रहकै पाइन्छ । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →§ रेखा लेखा सम्बन्धमा विवाद उठ्न साथ विशेषज्ञलाई नै जँचाई हाल्नुपर्दछ, त्यसो नगरी अदालतले केही गर्न सक्दैन भन्ने प्रमाण ऐनको दफा २४ र ३६ को मनसाय र मतलव होइन । विशेषज्ञको राय लिन पर्ने अवस्थाको जटिलता छ भन्ने अदालतलाई लागेमा अदालतले विशेषज्ञको राय लिने हो त्यस…
नजिर सार पढ्नुहोस् →§ चोरीको १४(४) मा डाँका वारदातको जतिसुकै पटकको लागि सजायको व्यवस्था गरिएको छ । दोस्रो पटक डाँका गरेकोलाई हुने जरिवाना र सजाय भनेर सो नं. मा दोस्रो पटकको लागि मात्र छुट्टै व्यवस्था गरेको पाइँदैन । यस्तो स्थितिमा एकै मितिमा एकै रातमा एउटै वारदातको सिलसिलामा डाँक…
नजिर सार पढ्नुहोस् →§ रिसवत लिनुदिनु गरे भन्ने उजूर सम्बन्धमा अनुसन्धान गर्ने अधिकार विशेष प्रहरी विभागलाई भएको । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →§ जति जग्गाको वादी मोही छ त्यति जग्गा सम्म निखन्न पाउने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →§ ढुँग्री बन्धक लिएको भन्ने बयान भनाई भएकोमा सो कुरा प्रमाणित गर्ने भार निजैको हुने। (प्रकरण नं. २०)
नजिर सार पढ्नुहोस् →§ श्री ५ को सरकारले संस्थानलाई आवश्यक निर्देशनहरू दिन सक्नेछ र सो निर्देशनहरूको पालना गर्नु संस्थानको कर्तव्य हुनेछ भन्ने उल्लेख भएको हुँदा श्री ५ को सरकारलाई निर्देशन दिन पाउने अधिकार भएको देखिन्छ । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →§ दुवै पक्षको मञ्जूरी साथ मिलापत्र भइसकेपछि रिट क्षेत्रमा अहिले आएर मिलापत्र बदर गरिपाउँ भन्ने रिट निवेदकको निवेदन दावी निराधार भई मु.ऐन अ.बं. १८२ नं. को बिपरीत भएको देखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →§ शेषपछिको बकसपत्रको व्यवस्थालाई पछिको पास भएको बण्डापत्रले अर्कै व्यवस्था गरेको देखिएको त्यसलाई बदर गराउन नसकेकोले समेत क्षे.अ.को फैसलामा लेखिएका बुँदा प्रमाण समेतको आधारमा क्षे.अ.को इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →§ मोहीले मोहियानीको घरजग्गा बहालमा दिन नपाउने गरी भूमिसम्बन्धी ऐन, २०२१ मा व्यवस्था भएको देखिएन । (प्रकरण नं. १७)
नजिर सार पढ्नुहोस् →§ कानुनी व्यवस्था भएकोमा पुनरावेदन तहमा परेको मुद्दा क्षेत्रीय अदालतले खारेज गरेको दुरूस्त मिलेको भन्ने भएन । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →