§ जग्गा मिच्नेको ९ नं. बमोजिम रोक्का रहेको जग्गा बिक्री व्यवहार भई गएमा मर्का पर्ने पक्षले जग्गा मिच्नेको १८ नं. को ऐन बमोजिम सम्बन्धित निकायमा उजूर गरी बदर गराउन पर्ने । (प्रकरण नं. १०) § मालपोत कार्यालयले आफैंले लिखत रजिष्ट्रेशन पारित गरे अनुसार दिएको जग्गाध…
§ कर्तव्य गरी मारेको होइन भन्न सकिने तथ्ययुक्त सबूत प्रमाण कुनै देखिँदैन । यस स्थितिमा मैले कर्तव्य गरी मारेको होइन भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । (प्रकरण नं. १९)
§ मार्ने मनसाय र नियत नभए पनि चुप्पी जस्तो धारिलो जोखिम हतियार झिकी चलाउँदा भिडमा कसैलाई लागी मर्न सक्छ भन्ने जानी जानी होस नपुराई हेलचेक्राई गरी भीड भएको वारदात स्थलमा चुप्पी फन्काई घुमाउँदा लाग्न गई सो चुप्पीको चोटबाट मृत्यु भएको भन्ने देखिँदा ज्यानसम्बन्धीक…
§ साक्षी सबूत प्रमाणहरू समेतको मूल्याङ्कन गरी अधिकार प्राप्त अदालतहरूबाट तह–तहबाट भएको फैसला र आदेशबाट रिट निवेदकहरूको हकमा आघात भएको स्थिति नदेखिई विपक्षीहरूले गरे विराएको (प्राईमाफेसी) समेत नदेखिँदा विपक्षीहरूसँग लिखितजवाफ मगाई रहन परेन । (प्रकरण नं. ५)
§ बन्धकी राख्न दिएको भनी स्वीकार गरी विश्वासको भरमा रसिद भर्पाई नलिएको र सुन निखन्न जाँदा के को सुन कस्तो सुन भनी निखन्न नदिएको भनी ठगी अन्तर्गतको कार्य गरेको भनी परेको वादी दावा ठगीको १ नं. को परिभाषासँग मिल्ने देखिँदैन । (प्रकरण नं. ११)
§ राजपत्रको सूचनाले प्र.जि.अ. अध्यक्ष तोकिएकोले अञ्चलाधीश सदस्यमा रहन अव्यवहारिक हुने भए पनि निजले कुनै प्र.जि.अ.लाई सदस्यमा तोक्न सक्ने कानुनी व्यवस्था रहे भएको पाइने । (प्रकरण नं. १३)
§ आफ्नो क्षेत्रभित्र रहेको साँध सीमाना कुलो पानी वा सन्धीसर्पन सम्बन्धी मुद्दा हेर्ने अधिकार गा.पं.लाई २०३७।५।३० मा श्री ५ को सरकारले प्रदान गरेको पाइन्छ । ०३४ सालमा गा.पं.लाई सन्धीसर्पन मुद्दा हेर्ने अधिकार नभएको । (प्रकरण नं. ९)
§ जुनबेलादेखि संशोधित अंशबण्डाको १८ नं. लागू भएको छ सोही समयदेखि संशोधित अंशबण्डाको १८ नं. बमोजिम कसैबाट निजी तवरले बकस पाएको सम्पत्ति अन्यथा प्रमाणित नभएमा निजी हुने । (प्रकरण नं. १३)
§ विवादको कित्ता जग्गा आफ्नो बाबु बाजेका पालादेखि मोहीमा नकमाई भोग लखबन्धक रहे भएको अवस्था लखबन्धक साहुबाट कमाउन पाएको देखिँदा भोगबन्धकी दिनुभन्दा अगावैदेखि विवादको कित्ता जग्गा मोहीमा कमाएको भन्ने स्थिति रहेन । (प्रकरण नं. ८)