उत्प्रेषण
§ हक स्वामित्वमा बाधा पर्ने गरी अनुपस्थितिमा गरेको जग्गा बिक्री वितरण छानविन आयोग बर्दियाको जग्गाजफत गर्नेगरेको निर्णय प्राकृतिकन्याय सिद्धान्तको बिपरीत हुने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३४९ / ४४०
§ हक स्वामित्वमा बाधा पर्ने गरी अनुपस्थितिमा गरेको जग्गा बिक्री वितरण छानविन आयोग बर्दियाको जग्गाजफत गर्नेगरेको निर्णय प्राकृतिकन्याय सिद्धान्तको बिपरीत हुने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →§ कीर्ते कागजको १ नं. बमोजिम काम भए गरेको मितिले २ वर्षभित्र नालेश नदिए लाग्न नसक्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →§ विलम्ब हुनाको उचित कारण निवेदकले आफ्नो रिट निवेदनमा उल्लेख गर्न नसकेको हुँदा रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →§ कानुनको व्यवस्था जस्तो गम्भीर प्रश्नमा असाधारण अधिकार गुहार्न बाधा छ भन्न पनि मिल्दैन । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →§ उजूर परेकोमा बाली भरी पाउने नपाउने र मोही निष्कासन हुने नहुने कुराको निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →§ राजीनामा बमोजिमको जग्गा दा.खा. गर्दा नमिले नभिडेकोमा जग्गावालालाई बुझी कुन जग्गा राजीनामा गरी दिएको हो यकीन गरी मात्र दा.खा. गर्ने गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →§ मुद्दा परेको सालभन्दा पछिको वर्ष के भयो के भएन भन्ने कुरा उक्त मुद्दामा निष्कासन सम्बन्धमा आधार हुन सक्दैन । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →§ भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ को उपदफा (२) बमोजिम कूत बुझाउने म्याद नाघेको ३० दिनभित्र कूत बापतको रकम जग्गाधनीले बुझी नलिएमा धरौट राख्न सक्ने व्यवस्था गरेको पाइने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →§ रिट निवेदकले ऋण लिँदा लेखेको वतनलाई नै देखाई प्रत्यर्थी बैंकले फिराद गरेको र फिरादमा लेखिएको वतनमा म्याद तामेल भएको पाइन्छ । रिट निवेदकले ऋण लिँदा नधल क्वाडो वतन लेखिएको होइन भन्न सकेको देखिन्न । यस स्थितिमा रिट निवेदकको जिकिर सारयुक्त छ भन्न मिलेन । (प्रकरण…
नजिर सार पढ्नुहोस् →§ अन्य व्यक्तिको हक सृजित भई लामो अवधिसम्म विलम्ब गरी पर्न आएको प्रस्तुत रिट निवेदनमा यस अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग गर्नु उपयुक्त नहुने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →§ कानुन अनुरूप नभएको त्यस्तो लिखतको आधारमा नालिश सुनी इन्साफ गर्न कानुनसंगत नहुने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →§ कानुन अनुरूप नभएको त्यस्तो लिखतको आधारमा नालिश सुनी इन्साफ गर्न कानुनसंगत नहुने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →§ बिना सबूत प्रमाण केवल उजूरीको भरमा निवेदकले दिएको नक्सा दर्खास्त खारेज गरी दिने गरेको नगरपञ्चायतको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →§ आफूले पाएको जग्गा अरू व्यक्तिहरूलाई हक छोडी दिइसकेपछि ती जग्गाहरूमा त्यस्तो हक छाडी दिने व्यक्तिको हक अधिकार रहने स्थिति नै पर्दैन । (प्रकरण नं. ३१)
नजिर सार पढ्नुहोस् →§ “निकासा नहुँदै बिदा बसी पछि गयल भएको अवधिको लागि बिदाको निवेदन परी सो बिदा स्वीकृति भएमा” भन्ने व्यवस्था भएबाट निकासी नहुँदा बिदा बसेमा पनि सो बिदा स्वीकृत हुन सक्ने हुनाले त्यसरी स्वीकृत भएको बिदालाई गैरकानुनी भन्न मिलेन । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →§ विकास समिति ऐन, २०१३ बमोजिम गठित योजनाको लेखा परीक्षण नेपालको संविधानको धारा ७६(१) बमोजिम महालेखा परीक्षकद्वारा हुने भए पनि लेखा परीक्षणमा देखिएको बेरूजु फर्छ्यौट गराउने कार्य सरकारी असूल फर्छ्यौट ऐनको परिधिभित्र पर्न आउने देखिँदैन । (प्रकरण नं. १४)
नजिर सार पढ्नुहोस् →§ दुवै पक्षको छुट्टाछुट्टै बयान गराई दुवै पक्षको सुनुवाई एकैसाथ भएकोबाट प्राकृतिक न्याय सिद्धान्त बिपरीत कारवाई तथा निर्णय भयो भन्न मिल्ने अवस्था देखिएन । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ आफूले बकसपत्र पाई आफ्नो हक हुन आएको जग्गासँग सम्बन्धित विषयको कुनै पनि कागजातको नक्कल लिन पाउने हक नेपालको संविधानको धारा ११ को उपधारा २(ङ) तथा धारा १५ ले सुरक्षित गरेको छ । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →§ ऐन अनुसार अचल सम्पत्ति एकालाई लिखत गरेर दिएको छ र त्यही सम्पत्ति अर्को व्यक्तिलाई कुनै पनि व्यहोराले लिखत गरी दिइन्छ भने त्यो दोहोरी लिखत हुने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →§ राजस्व न्यायाधीकरण (संशोधन सहितको) ऐन, ०३१ को दफा ९(१) ले पनि लागेको महसूल जरिवाना धरौटी राखी मात्र पुनरावेदन लाग्ने भन्ने समेत प्रष्ट उल्लेख भएको देखिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ विवादित जग्गा निवेदकले पशुपतिनाथको होइन भनी भन्न देखाउन लेख्न सकेको समेत पाइन्न । यस्तो स्थितिमा निर्विवाद हकको प्रचलन गर्न मिल्ने देखिन आएन । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →२. श्रमिक निम्न माध्यामिक विद्यालय सञ्चालक समिति मुकाम हे. न. पं. वडा नं. ४ कर्रा ३. जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला पञ्चायत सभापति मुकाम भिमफेदी ४. जिल्ला शिक्षा समितिका उपाध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मुकाम जिल्ला कार्यालय मकवानपुर भिमफेदी ५. जि…
नजिर सार पढ्नुहोस् →§ नगरपञ्चायत ऐनको दफा १७(ढ) समेतको आधारमा नगर र नगरबासी जनतालाई सफाई र स्वच्छ राख्ने मूल उद्देश्य लिनु ढलसम्म खुलाई दिने गरी गरेको काठमाडौं नगरपञ्चायतको निर्णयमा कुनै कानुनी त्रुटि र हक बेहकको अवस्था विद्यमान रहेको नदेखिँदा प्रस्तुत रिट निवेदन खारेज हुने । (प्…
नजिर सार पढ्नुहोस् →§ आफूले लिएको जग्गा नापी भई लालपूर्जा लिइसकेपछि जग्गा घटी बढी नाप नक्सा के कसो हो भनी वादीले स्वयं जानकारी राख्नुपर्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →