लेनदेन
§ मिसिल सामेल रहेको विवादित सक्कल भर्पाई हेर्दा सो भर्पाईमा लागेको सहिछाप तथा भर्पाई रीतपूर्वक देखिन आएन । यस्तो स्थितिमा क्षेत्रीय अदालतले गरेको इन्साफमा कुनै त्रुटिपूर्ण देखिन नआउने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३५० / ४४०
§ मिसिल सामेल रहेको विवादित सक्कल भर्पाई हेर्दा सो भर्पाईमा लागेको सहिछाप तथा भर्पाई रीतपूर्वक देखिन आएन । यस्तो स्थितिमा क्षेत्रीय अदालतले गरेको इन्साफमा कुनै त्रुटिपूर्ण देखिन नआउने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ सामाजिक लोकलाजबाट बच्नको लागि जातकलाई मारेको देखिन आउने हुँदा अपराधको प्रकृति र अवस्था समेतलाई ध्यानमा राखी निज अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय गर्दा चर्को पर्ने । (प्रकरण नं. १७)
नजिर सार पढ्नुहोस् →§ फिराद दिएको देखिनाले विवादको जग्गामा मोही पत्याउन बाँकी रहेको भन्न प्रत्यर्थीले एकपटक स्वीकार गरेकोलाई विबन्धनका सिद्धान्त अनुसार पुनः अस्वीकार गर्न पाउँदैन । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →§ बन्धकी छोडी दिएको भनेको कागज निवेदकको इच्छा विरूद्ध प्रमुख जिल्ला अधिकारीले अधिकार बाहिर गई क्षेत्रात्मक त्रुटि गरेको हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →§ पछि पाएको मान्यतालाई अघि नै मान्यता पाए सरह गणना गरिएन भन्ने कुरा मिल्दो देखिएन । (प्रकरण नं. १०) § दर्खास्त दिने म्याद सम्ममा योग्यता पुगेकालाई पनि समावेश गर्ने हो भने सोही अनुरूप सूचना प्रकाशित भएको हुनुपर्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ अंशियारले आफ्नो ज्ञान वा सीप या प्रयासबाट निजी आर्जन गरेको भनी पक्का रूपले प्रमाणित नभएसम्म संग बसेका अंशियारले बढेबढाएको सम्पत्तिलाई निजी आर्जनको भनी अंशियारलाई भाग लाग्दैन भन्न मिल्दैन । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ नियमले कर लगाउने अधिकार नभएकोमा कर लगाएकोले उक्त कर लगाउने विपक्षी गाउँ पञ्चायतको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →§ प्रष्ट आरोप खुलाई स्पष्टीकरण नलिई रिट निवेदकलाई बर्खास्त गर्ने गरेको निर्णहरूलाई कानुन अनुरूप भएको भन्न मिल्ने अवस्था रहेन । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →§ भूमिसम्बन्धी ऐन, २०२१ हेर्दा मोही बेदखली गरेमा यति समयभित्र उजूर गर्नुपर्ने भन्ने हदम्यादको व्यवस्था गरिएको पाइँदैन । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →§ निवेदकलाई बर्खास्ती गर्ने गरेको निर्णयहरू बदर भएपछि रिट निवेदकको हैसियत निर्णय हुनु अगाडि जे जस्तो छ सोही बमोजिमको हुन जान्छ । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ भर्पाई दिलाई पाउँ भन्ने दावी भएकोमा त्यो भन्दा बाहिर गई भू.सु.का. बाराले जग्गाधनी प्रमाणपूर्जामा मोहीको नाम छुट भएको देखिएकोले मालपोत कार्यालयको श्रेस्ता चढाउन भू.सु.का. मा लेखी पठाउने भनी गरेको निर्णय उपरोक्त कानुनको बिपरीत भई त्रुटिपूर्ण देखिने । (प्रकरण न…
नजिर सार पढ्नुहोस् →§ विशेष अदालतबाट भएको निर्णय हेर्दा रेजाड्ढित चिन्ह भन्दा बढी मत खसेकोमा मतदान अधिकृत पनि सहमत हुनुभएको र स्थानीय पञ्चायत (सदस्य निर्वाचन) निर्देशिका, २०३८ को दफा ४०(२), ३३(१३) र (१४) अनुसार गरे भएको पनि पाइएन । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →§ वादीले दावी गरेभन्दा बाहिर गई नभएको मितिको निर्वाचन बदर गर्ने गरेको निर्वाचन विशेष अदालतको फैसला अ.बं. १२८ नं. को प्रतिकूल हुने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →§ एकै वारदात देख्ने चस्मदिद व्यक्तिहरूको भनाई व्यहोरा फरक फरक हुने स्थिति हुँदैन । (प्रकरण नं. ४५)
नजिर सार पढ्नुहोस् →§ दृष्टि भोगबन्धकी नभएको अवस्थामा लेनदेन व्यवहारको २३ नं. लाई पक्रन मिलेन । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →§ नाता कायम हुने ठहरे पछि अंश नपाउने भन्न मिल्ने स्थिति देखिएन । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →§ शंकारहित स्वतन्त्र एवं विश्वासनीय प्रमाणको अभावमा वादीलाई कारी मियाको पत्नी नाता कायम गर्न नमिल्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →§ मोहीले साविक जग्गाधनीबाट घर बनाउने मञ्जूरी पाई घर बनाएको भनी सम्बन्धित मञ्जूरीनामाको लिखत समेत पेश गरेको भएपछि उक्त लिखत अ.बं.७८ नं. बमोजिम यी रिट निवेदक समेतलाई सुनाई त्यस सम्बन्धमा निजलाई आफ्नो कुरा भन्ने मौका दिई निजको कथन समेतलाई मध्यनजर राखी निर्णय गर्न…
नजिर सार पढ्नुहोस् →§ त्रि.वि.भन्सार कार्यालयको निर्णयले डेमरेज चार्ज लगाएकोलाई बाहेक गरी राजस्व न्यायाधीकरणबाट भएको निर्णयमा कानुनको प्रत्यक्ष त्रुटि छ भन्न सकिने स्थिति नहुने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ विर्ता उन्मूलन नियमावली, २०१७ को नियम ९ को रीत पुर्याई दर्ता नभएकोमा त्यस्तो कानुन बिपरीतको दर्तालाई मान्यता दिने एवं सदर मान्न मिल्दैन । (प्रकरण नं. २२)
नजिर सार पढ्नुहोस् →§ नि.से.नि.को नियम ७.१(३) ले श्री ५ को सरकारलाई निवृत्तिभरण नपाकेको निजामती कर्मचारीले नपुग अवधि थपी अनिवार्य अवकाश दिन सक्ने अधिकार प्रदान गरिएको छैन। (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →§ निर्वाचन विशेष अदालतलाई जुनसुकै परिस्थितिमा पनि मत गणना गर्न पाउने अधिकार छ भनी सम्झन निर्वाचन (अपराध र सजाय) ऐन, २०२४ को बनोटैबाट मिल्ने देखिँदैन । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ वादीले तारिख गुजारी बसेमा अ.बं. १८५ क नं. ले मुद्दा डिसमिस हुने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →§ एकाको नाउँमा लालपूर्जा प्राप्त भइसकेकोलाई बदर गरी सो कि.नं. को लालपूर्जा अन्य व्यक्तिलाई दिनु पर्ने भएमा पहिले लालपुर्जा पाउने व्यक्तिलाई पनि बुझी निजको कथनलाई समेत विचार गरी निर्णय गर्नुपर्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →