सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३५१ / ४४०

नि.नं. 2133वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ एकै विषयमा पहिले पर्न आएको निवेदनमा कुनै कारवाही नगरी पछि पर्न आएमा विपक्षीहरूका निवेदनबाट बिक्री वितरणमा विपक्षीहरूलाई जग्गा प्रदान गर्ने गरेको निर्णय बदर हुने। (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2132वि.सं. २०४१संयुक्त इजलास

जग्गा खिचोला पर्चा र दर्ता बदर

§ नक्साको किल्लामा दुवैथरले विवाद उत्पन्न गरेको यस स्थितिमा २०० गज फरकमा जग्गा रहेको देखिन नआएको र फिल्डबुक उतारबाट पनि किल्लामा मिल्न भिड्न आएको प्रमाणित हुन आएकोले विशेष अदालतको फैसलामा लेखिएको सबूत प्रमाणबाट समेत वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2131वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ ०२८ साल र ०३० सालदेखि खनजोत गरेको भन्नेसम्म भनाई भई ऐन बमोजिम हक स्थापित भएको देखाई दर्ता गर्ने माग गरेको देखिँदैन । यस्तो स्थितिमा हक बेहकको प्रश्न उपस्थित भएको भन्न मिल्दैन । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2130वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ सामूहिकरुपमा नामसारी गरी लिएकोमा एकजनाले मात्र गरिदिएको भर्पाईलाई पनि रीतपूर्वकको भन्न मिल्दैन । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2128वि.सं. २०४१संयुक्त इजलास

जग्गा खिचोला

§ एउटै जग्गा दोहोरो दर्ता देखिन आएकोले पछि दर्ता गराउने वादीको दर्ताले कानुनी मान्यता पाउन नसक्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2127वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ प्रमाण बुझी निर्णय गर्नुपर्नेमा नगरी गरेको भूमिसुधार कार्यालय सिरहाको निर्णय त्रुटिपूर्ण हुँदा बदर हुने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2126वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ प्रधानपञ्चको अध्यक्षतामा बसेको बैठकबाट भएको मिलापत्र कागज र सो सम्बन्धमा भएका काम कारवाही समेत क्षेत्राधिकारको अभावमा त्रुटिपूर्ण हुँदा बदर हुने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2125वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण समेत

§ निवेदककै गल्तीबाट निजलाई मर्का पर्न गएको देखिएकोले निवेदकको हक विपक्षीबाट हनन् गरिएको भन्न नमिल्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2124वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ कानुनले तोकेको प्रावधान बमोजिम कूत बुझेको देखिन्न । साक्षीको बकपत्रको आधारमा कूत बुझेको भन्ने स्थिति नहुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2122वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेशको आदेश जारी गरिपाउँ

§ अंश नछुट्टिएको अवस्थामा नै विवादित जग्गाको मोही प्रत्यर्थी भएकोलाई निज उपर्युक्त बमोजिमको मोहीको परिभाषाभित्र परेको भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2121वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ साविकमा के कति कूत लिने दिने गरेको त्यस्तो प्रमाण फैसलामा उल्लेख नगरी गरेको निर्णय कानुन अनुरुप नहुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2120वि.सं. २०४१संयुक्त इजलास

हकसफा

§ थैली थाहा पाएपछि म्यादभित्रै धरौटी राखेको अवस्थामा निखन्न पाउँदैन भन्न नमिल्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2119वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ ऐनमा उल्लेख भएको प्रकृया बमोजिम गठन भएको न्यायिक समितिले मात्र दफा ४१ को उपदफा (१) अन्तर्गतको मुद्दा हेर्न सक्षम हुने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2118वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ ३ जना भएको न्यायिक समितिमा २ जना मात्र उपस्थित भएर निर्णय गर्न पाउने अधिकार कानुनले प्रदान गरेको पाइँदैन । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2117वि.सं. २०४१संयुक्त इजलास

जालसाजी

§ म समेतका हकदार अंशियार नदेखाई अदालतमा दिएको दर्खास्त, जालसाजबाट तामेल गराएको म्याद बदर गरिपाउँ भन्ने दावी कीर्ते कागजको परिभाषाभित्र रहेको नदेखिने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2116वि.सं. २०४१संयुक्त इजलास

ज्यान

§ मृतक र प्रतिवादीको बीचमा लेनदेन विषयमा विवाद भई मुद्दा चलेको भन्ने कुरा प्रतिवादीले आफ्नो बयानमा समेत स्वीकार गरेको समेत मिसिल संलग्न प्रमाणहरूबाट कर्तव्यबाट मृतकको मृत्यु भएको भन्ने कुरा पुष्टि हुन आयो । (प्रकरण नं. २१)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2115वि.सं. २०४१संयुक्त इजलास

अंश

§ हक लाग्ने भनी वादीका आमा जिम्मा रहेको श्रीसम्पत्तिमा ५ भागको १ भाग अंश छुट्याई पाउँ भनी वादीले दावी गरी आएकोलाई अघि अंशबण्डा भइसकेको कुरामा फेरि दावी गरी आएको भन्न मिल्दैन । (प्रकरण नं. १८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2114वि.सं. २०४१संयुक्त इजलास

कर्तव्य ज्यान

§ एउटा कार्य गर्दा अर्को परिणाम हुन गई मृतकको मृत्यु हुन गएको अवस्थालाई भवितव्य कायम गरी गरेको मध्यमाञ्लच क्षेत्रीय अदालतको निर्णयलाई अन्यथा भन्न सकिने स्थिति नहुने। (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2113वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ पञ्च भलाद्‌मीको रोहवरमा आफैंले म्याद बुझी म्याद भित्र प्रतिवाद नगरी चुप लागी बसेपछि अहिले रिट क्षेत्रमा आई प्रतिवाद गर्ने मौका पाइँन भनी लिएको जिकिरमा कुनै सार नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2112वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ भन्सार ऐन, २०१९ को संशोधन सहितको दफा ३४ को उपदफा ३ मा भएको व्यवस्था अनुसार फरक रकममा दोब्बर भन्सार महसूल तथा रु.५००। सम्म जरीवाना गर्ने गरेको राजस्व न्यायाधीकरण धरानको निर्णयमा कुनै कानुनी त्रुटि भएको नदेखिने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2111वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ बैंकले सामा ब्याज असूल गर्न पुग्ने जति लिलाम बिक्री गर्न मालवस्तुको पञ्चकीर्ते मेल कायम वा मुचुल्का खडा गर्नु पर्ने र सो पञ्चकीर्ते मोलबाट बैंकले लिनुपर्ने सामा ब्याज रकम पुग्ने जति मात्र असूल उपर गरी लिनु पर्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →