उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पूर्जि जारी गरिपाउँ
§ जिल्ला सभाको बैठकले सफाईको मौका नदिई जि.पञ्चायतको सदस्यताबाट हटाउने गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको बिपरीत गरेको देखिने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)
निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।
कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३५२ / ४४०
§ जिल्ला सभाको बैठकले सफाईको मौका नदिई जि.पञ्चायतको सदस्यताबाट हटाउने गरेको निर्णय प्राकृतिक न्याय सिद्धान्तको बिपरीत गरेको देखिने । (प्रकरण नं. ७)
नजिर सार पढ्नुहोस् →§ आयोगको निर्णय विरुद्ध रिट निवेदन दिई आयोगको निर्णयलाई बदर गराई ल्याएमा आयोगले दिने भनी गरेको निर्णय अस्तित्व शुन्य हुन जाने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →§ जुन कलममा कैदको सबभन्दा ठूलो हद छ सो ननाघ्ने गरी ठेक्नु पर्ने । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →§ प्रतिवादीले गराएको घाउ जाँच फारममा घाउ चोटको उल्लेख भई धार नभएको चीज सम्भवतः लाठीले हानिएको भन्ने समेत उल्लेख भएको देखिएबाट समेत प्रहरीमा भएको निजको साविती बयान समेत स्वेच्छाबाट भएको भन्ने स्थिति नरहने । (प्रकरण नं. १८)
नजिर सार पढ्नुहोस् →§ अंश मुद्दा दायर भइसकेपछि निर्णय नभएसम्म विवादित सम्पत्तिको कुनै चिज कसको भागमा पर्ने हो सो कुरा अनिश्चित हुँदा अन्तिम निर्णय हुनुभन्दा अगावै आपस्तमा भागबण्डा गरेकोलाई कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं. १६)
नजिर सार पढ्नुहोस् →§ दुई पक्ष बीचको ठेक्का सम्बन्धी विषयको कुरा भएकोले रिट क्षेत्रबाट त्यसतर्फ विचार गर्ने अवस्था समेत नहुँदा उत्प्रेषणको आदेश जारी गरेको डिभिजन बेञ्चको निर्णय मिलेको नदेखिने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →(१) अदालतले गरेको निर्णयलाई वादीले चित्त बुझाई बसेको देखिँदा त्यसतर्फ विचार गरी रहन नपर्ने । (प्रकरण नं. १५)
नजिर सार पढ्नुहोस् →§ न्यायिक वा अर्धन्यायिक अधिकारीले निर्णय गर्दा सबूत प्रमाणको मूल्यांकन गरी न्यायिक मनको प्रयोग गरी निर्णय गर्नुपर्ने र निर्णयमा पुग्दा तत्सम्बन्धी कारणहरू स्पष्ट रुपमा खुलाएको हुनुपर्छ र ती कारणहरू सबूत प्रमाणमा आधारित हुनुपर्छ । (प्रकरण नं. १२)
नजिर सार पढ्नुहोस् →§ निवेदकले अनिवार्य अवकाश पाउँने विषयको निजामती किताबखानाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिदिने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →§ मुद्दा डिसमिस भइसकेको भन्ने देखिएको समेतबाट तारिख थामिनु पर्नेमा थामिएन थामी पाउँ भनी परेको प्रस्तुत रिट तर्फ विचार गर्न कानुनले नमिल्ने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →§ वादीले दावी लिएको कुरासँग सम्बन्धित कुरा मात्र प्रमाण लिन मिल्ने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →§ विवादित जग्गा दर्ता रहेको व्यक्ति निवेदकलाई जानकारी सम्म पनि नदिई नबुझी निजका नाउँको दर्ता बदर गर्ने गरी मालपोत कार्यालय सुनसरीले प्राकृतिक न्याय सिद्धान्तको बिपरीत हुने गरी गरेको टिप्पणीं सदर कानुनसंगत देखिन नआएको । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ भू.सं.ऐन, ०२१ को दफा ३३ ले जग्गावालाले मोहीबाट अधियाबाली पाउन सक्ने व्यवस्था गरेको र पोतायत शर्तमा कमाएको भनी मोहीको प्रमाणपत्रमा उल्लेख भएको नदेखिँदा सो शर्तमा कमाएको भनी विशेष अदालतले गरेको निर्णयलाई सदर गर्ने गरी गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले गर…
नजिर सार पढ्नुहोस् →§ न्यूनतम मूल्य भन्दा कम भएको हुँदा उक्त रकम थप भएमा लिखत पारित हुने अन्यथा पारित हुन नसक्ने भएकोले दरपीठ गरी दियौं भनी विपक्षी मालपोत कार्यालय नुवाकोटले दरपीठ गरी दिएकोमा कुनै कानुनी त्रुटि देखिन नआएको । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →§ बिक्रीकर बापत धरौटी राखेको रु.माग्न आएमा निवेदकलाई फिर्ता दिनु भनी विपक्षी कर विभागको नाउँमा परमादेशको आदेश समेत जारी हुने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →§ कानुनी हकको सम्बन्धमा कानुनमा अन्य उपचारको व्यवस्था भएसम्म रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ वादीले प्रमाणमा पेश गरेको भूमिसम्बन्धी नियम फा.नं. ७ लाई पनि इन्कार गर्न नसकेको देखिनाले समेत अदालती बन्दोबस्तको ८२ नम्बरले नालेस गर्न पाउने हकदैया छैन भन्न नमिल्ने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ विवाहिता लोग्ने स्वास्नीको सम्बन्ध कायमै रहेको अवस्थामा उक्त पत्नीको पेटमा रहे भएको गर्भ अन्य बलियो प्रमाणको अभावमा लोग्नेकै भन्नु पर्ने । (प्रकरण नं. १३)
नजिर सार पढ्नुहोस् →§ एउटा कित्ता जग्गाको एउटा निर्णय उपरको पुनरावेदन कायम राखी सोको हकमा सबूत प्रमाण बुझी निर्णय गर्नुपर्नेमा सो पनि नगरी सम्पूर्ण पुनरावेदन खारेज गर्ने गरेको प.क्षे.अ.को निर्णय मिलेको नदेखिने । (प्रकरण नं. ८)
नजिर सार पढ्नुहोस् →§ जिल्ला अदालतले कैद बापत पनि धरौटी माग गर्नु पर्ने र धरौट दिन नसके मात्र थुनामा राख्नु पर्ने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →§ रिट निवेदकहरूको परेको निवेदनको आधारमा ०२२ सालमा नै सम्बन्धित पञ्चायतले मोही छोडपत्र गराएको आधारमा मोही लगत कट्टा गर्ने गरेको निर्णयमा कुनै कानुनी त्रुटि विद्यमान नहुने । (प्रकरण नं. १०)
नजिर सार पढ्नुहोस् →§ डिसमिस फैसला गरेकोमा वादी प्रतिवादीबाट पेश भएको प्रमाण मूल्यांकन गरी हक भए, नभएको, कुरा फैसलामा उल्लेख गर्न मिल्ने कुरा होइन अ.बं.१७९ को कानुनी व्यवस्था अनुसार वादीले तारिख गुजारी पैरवीमा नरहेको अवस्थामा मात्र सो बमोजिम डिसमिस फैसला हुन सक्ने। (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →§ नपुग भनी म्याद नाघेपछि राखेको धरौटीलाई मान्यता दिई प्रत्यर्थी भू.सु.का.काठमाडौंबाट भएको निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. ११)
नजिर सार पढ्नुहोस् →§ जग्गामा मोही बेदखली नगर्ने भनी आदेश सुनाई दिने भन्ने उल्लेख गरी निर्णय गरेको देखिँदा रिट निवेदन पत्र खारेज हुने । (प्रकरण नं. ९)
नजिर सार पढ्नुहोस् →