§ श्री ५ को सरकार अर्थ मन्त्रालय कर विभागबाट गरिएको परिपत्र भन्सार कार्यालयमा पुग्नुभन्दा अगावै पैठारी गरेको कानुन बमोजिम प्रज्ञापनपत्र भरी निर्धारण गरेको भन्सार महसुल र बिक्री कर समेत कानुन बमोजिम सोही मितिमा बुझाई सामान छुटाई लगी सकेको देखिँदा भन्सार कार्याल…
§ दावीको जग्गा ४ अंशियारले पाउने भन्ने निवेदक सावित भएको तर अरु अंशियारको मञ्जूरनामा समेत नभएकोले ऋण निश्चित गर्न मिलेन अदालतमा भोगबन्धकी ठहराई सबै अंशियार समेतले निवेदन दिन आएमा छुट्टै कारवाही हुने । (प्रकरण नं. ८)
§ भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३२(१) (ख) मा “जालसाजी गरी वा धोका, दिई वा अरु किसिमबाट बेइमानी गरी मोहीलाई निजको भोग चलनको जग्गाबाट हटाएमा त्यस्तो गर्ने व्यक्तिलाई तोकिएको अधिकारीको आदेशले रु.१०००। एक हजारसम्म जरीवाना हुने छ” भन्ने व्यवस्था भएको पाइने । (प्रकरण…
§ भोगबन्धकी थैली बुझाई जग्गा रिट निवेदकको हकमा फिर्ता आइसकेपछि विपक्षीहरूले मोहीमा कमाई आएको प्राप्त भरपाइबाट देखिने र उक्त भर्पाईहरूलाई विपक्षीले स्वीकार गरेको र यी विपक्षीहरूले जग्गाधनी यी रिट निवेदकलाई देखाई अनुसूची २ समेत भरी मोहियानी हकको स्थायी प्रमाण सम…
§ कुरा नै लोप गरी रिट निवेदनपत्र दिएकोले निवेदक शुद्ध ह्दय तथा सफा हात लिई अदालत समक्ष आएको देखिन्न तसर्थ प्रस्तुत रिट निवेदनपत्र खारेज हुने । (प्रकरण नं. ८)
§ भूमिप्रशासन कार्यालयमा दिएको दर्खास्तलाई तायदाती भन्न नमिल्ने । (प्रकरण नं. २०) § एक अदालतले कानुन बमोजिम क्षेत्राधिकार ग्रहण गरिसकेपछि कानुनले नै तोकेको अवस्थामा बाहेक त्यस्तो मुद्दामा कारवाई गर्न अर्को अदालतमा पठाउन मिल्ने नदेखिने । (प्रकरण नं. २१)
§ राजीनामा लिखतमा दिनेका ल्याप्चेछाप नभएको प्रष्ट हुँदा लिखत कीर्ते ठहर्याई जिल्ला अदालतले गरेको फैसलालाई मनासिव ठहर्याई अञ्चल अदालतबाट भएको फैसला सदर गर्ने गरी पूर्वाञ्चल क्षेत्रीय अदालतबाट भएको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. १२)
§ कबुलियतको सम्बन्धमा भूमिसुधार कार्यालयले निर्णय गर्नुभन्दा पहिले अ.बं.७८ नं. बमोजिम प्रत्यर्थीलाई सो कबुलियत देखाई सुनाई उक्त कबुलियतको सम्बन्धमा निजको कथन के कस्तो हुन्छ त्यसलाई समेत हेरी मात्र कबुलियतको वैधता सम्बन्धमा निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९)
§ म्याद रीतपूर्वक तामेल भएको देखिन आएन साथै भू.सु.का.सप्तरीको निर्णयमा विवादको जग्गाको २ नं. अनुसूची प्रकाशित भएको छ छैन ? सो केही उल्लेख सम्म पनि भएको देखिन आउँदैन तसर्थ भू.सु.का.सप्तरीको निर्णय उत्प्रेषणको आदेशद्धारा बदर हुने । (प्रकरण नं. १०)
§ सरजमीनहरूले मिलेमतोबाट मारेको हो भन्ने समेत बकी लेखी दिएको देखिँदा अभियुक्तलाई ज्यान सम्बन्धीको १३(४) बमोजिम सजाय गरेको शुरु जिल्ला अदालतको इन्साफ सदर गरेको सुदूर पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्ने । (प्रकरण नं. २१)
§ जग्गा सट्टा भर्ना पाइसकेको भन्ने भएपछि जग्गाको मूल्यांकन नै नगरी क्षतिपूर्ति नै नदिई समितिले जग्गा प्राप्त गरेको भन्न मिल्ने अवस्था नहुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ११)
§ जिल्ला अदालतको फैसला सदर गर्ने क्षेत्रीय अदालतको फैसला मात्र बदर गरिपाउँ भन्ने माग गरेको तर जिल्ला अदालतको फैसला बदर गरी पाउने माग नगरेकोबाट उक्त फैसला यथावत रहने । (प्रकरण नं. ९)
§ अभियोगमा चित्त बुझाई पुनरावेदन समेत नगरी बसेको देखिएकोले निजलाई ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वस्व सहित जन्मकैदको सजाय गर्ने गरेको शुरु जि.अ.को इन्साफ सदर गरेको पु.क्षे.अ.को इन्साफ मनासिव हुने । (प्रकरण नं. २९)
§ नगरपञ्चायतले आफ्नो क्षेत्रभित्र जुनसुकै किसिमका व्यापारीहरूसँग निजहरूले सो क्षेत्रभित्र बिक्री गर्ने मालको मूल्यको रु.सयमा ।५० पैसासम्म कर उठाउन सक्ने भन्ने लेखिएकोले धरान नगरपञ्चायत भित्र डटपेनको बिक्री व्यापारमा सो मालको मूल्यको रु.सयमा ।५० पैसा सम्म कर उठ…
§ एकासगोल जहान जुनसुकैको नाउँमा जग्गा दर्ता भए पनि सबै अंशियार जग्गाको जग्गावाला मानिने हुँदा आफ्नै जग्गाको आफैं मोही हुन नसक्ने हुँदा म जग्गावाला र बाबु मोही थिए भन्ने स्थिति रहेन । (प्रकरण नं. १२)