सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३५४ / ४४०

नि.नं. 2062वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ परिपत्र गर्नुभन्दा अगाडि नै निवेदकले झिकाएको कपडा भन्सार कार्यालय पुगी निवेदकले प्रज्ञापनपत्र भरी त्यस बेलामा कायम रहेको बिक्रीकर बुझाई माल छुटाई लगेकोमा पुनः ५० प्रतिशत मार्क अप बढाई त्यसको १५ प्रतिशत थप बिक्रीकर दाखिल गर्न ल्याउनु भनी भन्सार कार्यलय वीरगन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2061वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ निवेदकका बदर भएका मत सदर हुने भन्ने कुराको कुनै कानुनी आधार तथा त्यसको तथ्यपूर्ण प्रमाण उजूरीमा देखाउन नसकेबाट समेत निवेदकको उजूरी तथ्ययुक्त मान्न सकिने अवस्था रहेन । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2060वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ हरेक आर्थिक वर्ष पूरा गरेपछि एउटा तलव वृद्धि पाउनु पर्नेमा आठवटा तलव वृद्धि (ग्रेड) पाइसकेको रिट निवेदकको तलव वृद्धि (ग्रेड) संख्या ५ कायम गरी आ.व.२०४१।४२ श्रावण १ गतेदेखि एउटा तलव वृद्धि (ग्रेड) समेत जम्मा ६ तलव वृद्धि (ग्रेड) को हिसाबबाट रिट निवेदकलाई तलव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2059वि.सं. २०४१संयुक्त इजलास

कर्तव्य ज्यान ।

§ निश्चयात्मक सबूत प्रमाणको अभावमा केवल शंकाको भरमा प्रतिवेदन दावी बमोजिमको अभियोग कायम गर्न नमिल्ने । (प्रकरण नं. २८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2058वि.सं. २०४१संयुक्त इजलास

कर्तव्य ज्यान

(१)प्र.को चोट मृतकलाई लागेको तर सो चोटको प्रहार निजको आमा माथि भएको भन्ने कुरा स्वयंको बकपत्रबाट समेत देखिएबाट भवितव्य भई मृतक मरेको हुँदा ज्यान सम्बन्धीको ६ नं. को दफा (४) बमोजिम ६ महीना कैद गर्ने ठहर्‍याई भएको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. १८) (२) मुलतवी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2056वि.सं. २०४१संयुक्त इजलास

अंश

§ मानो छुटिएको मिति भनी मुख मिलेको अवस्था हुँदा सोही मितिलाई मानो छुटिएको मिति कायम गर्नु पर्नेमा फिराद परेको मितिको अघिल्लो दिनलाई मानो छुटिएको मिति कायम गरी सो मिति सम्मको तायदाती फाँटवारी लिई अंशवण्डा छुट्याई दिने गरी फैसला गरेको त्रुटिपूर्ण हुँदा बदर हुने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2055वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ एकै विषयमा पुनः कारवाही हुन लागेको भए कार्यालयमा उपस्थित भई रिट निवेदकले सो कुराको प्रतिवाद गर्न सक्ने नै देखिन्छ एकै कसूरमा दुई पटक मुद्दा चलाई सजाय गर्न नमिल्ने कुरा प्रत्यर्थी कार्यालयले अवगत गर्ने कुरा हो । लिखितजवाफबाट सो गरेको होइन पृथक कुरामा कारवाही…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2054वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ हदबन्दी सम्बन्धी निर्णय नभई प्रस्तुत मुद्दाको निर्णय गर्न नमिल्ने भए अ.बं.१२ नं. अनुसार मुलतवी राख्नु पर्ने हुन्छ । मुलतवी नरहने मुद्दामा उजूरी दावीको कुरामा निश्चित निर्णय गर्नुपर्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2053वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ निवेदकसँग मागिएको सम्बन्धित कागजातहरू निजले समयमा प्रस्तुत गर्न नसकेकोले अर्थ मन्त्रालयको सूचना बमोजिम गाडी जफत गरेकोलाई अन्यथा भन्न सकिने स्थिति नहुँदा निवेदकको माग अनुसारको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2052वि.सं. २०४१संयुक्त इजलास

ज्यान

§ अपराधी ठहर गर्न कसुर गरेको हो भन्ने कुराको शंकारहित तवरबाट प्रमाणित भएको हुनु पर्ने । (प्रकरण नं. ३१)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2051वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ नगरपञ्चायतको लगतमा भएको जग्गा विद्यालयको नाममा दर्ता गर्न मालपोत कार्यालयमा लेखी पठाउने गरी निर्णय गर्दा रिट निवेदकहरूलाई आफ्नो कुरा भन्ने मौका दिनु पर्ने। (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2050वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ निर्वाचन विशेष अदालतमा उजूर गरेकोमा निर्वाचन विशेष अदालतले सप्तरी जिल्ला अन्तर्गत राजविराज नगरपञ्चायतको प्रधानपञ्च पदको निर्वाचन बदर हुने ठहराई निर्णय गरे उपर रिट निवेदन पत्र परेको सम्बन्धित उम्मेदवार होइन र निजको उजूरी निर्वाचन विशेष अदालतमा लाग्न सक्तैन भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2049वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा १६ ले बर्खास्त गर्ने अधिकार समेत संचालक समितिलाई छ शाही नेपाल वायु सेवा निगम ऐन, २०१९ को दफा ७ ले पनि संचालक समिति समर्थवान छ । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2048वि.सं. २०४१संयुक्त इजलास

अंश मानाचामल

§ लोग्ने स्वास्नीको २ नं. को ऐन हेर्दा अर्कासित करणी नगराए पनि करणी गराएको छु भनी अड्डामा सावित भएमा त्यस्तो स्वास्नीसित लोग्नेले सम्बन्ध बिच्छेद गर्न पाउँछ भन्ने कानुनी व्यवस्था भइराखेकोले अंश मानाचामलको दावी पुग्न नसक्ने र नावालक छोराको हकमा बाबु कायम गरी ल्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2047वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ निकास ढलमा विवाद भएकोमा तेरो मेरो हकबेहक छुट्याउनु पर्नेमा अदालतमा हकबेहक गरी आउनु भनी निर्णय गर्नु पर्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2046वि.सं. २०४१संयुक्त इजलास

ज्यान

§ कुटपीट गरी मारेको भनी प्रतिवादीको नाम किटान साथ लेखेको देखन्छ । तसर्थ प्रतिवादीलाई ज्यान सम्बन्धीको १३(३) अनुसार जन्मकैदको सजाय गरेको फैसला मनासिव ठहर्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2045वि.सं. २०४१संयुक्त इजलास

जालसाजी

§ कीर्ते कागजको ३ नं. हेर्दा अर्काको हक मेट्ने हदम्याद तारिख जाने वा कुनै तरहसँग नोक्सान पार्ने इत्यादि जुनसुकै मतलवले होस नगरे नभएको झुठ्ठा कुरा गरे भएको हो भनी वा मिति अंक व्यहोरा फरक पारी सहिछाप गरी दिने लिने दुवै थर मिली कागज लेखी सहिछाप गरी दिने लिने दुवै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2044वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ निवेदकको निवेदनमा लिएको जिकिर अनुसारको कुराबारे केही बुझ्नु पर्ने भए सो समेत बुझी विषयवस्तुमा निर्णय गर्नुपर्ने अवस्था हुन्छ । सो नगरी कुनै मनासिब कारण नदेखाई तामेलीमा राखी दिने गरेको देखिँदा न्यायिक मनको प्रयोग नगरी अञ्चलाधीश कार्यालयबाट पत्र आएको व्यहोरा स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2043वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ मार्कसीट पेश नगरेको कारणले १६ नं. नपाउने भन्ने नि.से.नि., २०२१ मा व्यवस्था भएको नपाइने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2042वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ एकाको नाममा रीतपूर्वक दर्ता भएको घट्ट सम्बन्धमा दर्ता बदर गर्न सक्ने अधिकार स्थानीय विकास अधिकारीलाई भएको नदेखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2041वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

(१) मोहियानी हकको विवाद उत्पन्न भएपछि केवल जालसाजी हो भनी जिकिर लिँदैमा मोही हकको तेरो मेरो सम्बन्धमा परेको निवेदन तामेलीमा राखी दिने मिल्ने भू.सं.ऐनको दफा ३१ क.(१) ले मिल्ने देखिन्न । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2040वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषण

§ उजूरी परेकोमा निवेदकले पेश गरेको मितिको भर्पाई अ.बं.७८ नं. बमोजिम सुनाई त्यस सम्बन्धमा निजको कथनलाईसमेत विचार गरी कानूनबमोजिम निर्णय गर्नुपर्ने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2039वि.सं. २०४१संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

§ संस्थानको कारोवारमा प्रतिकूल असर पर्ने किसिमका कृयाकलाप गर्नेलाई आधार बनाई पद खारेज गरिएको त्यस्तो पदमा वहाल रहेका कर्मचारीलाई अवकास दिन सकिने उक्त विनियममा कानूनी प्रावधान रहेको नदेखिने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →