नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2081 · वि.सं. २०४१
नि.नं. 2081 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ भोगबन्धकी थैली बुझाई जग्गा रिट निवेदकको हकमा फिर्ता आइसकेपछि विपक्षीहरूले मोहीमा कमाई आएको प्राप्त भरपाइबाट देखिने र उक्त भर्पाईहरूलाई विपक्षीले स्वीकार गरेको र यी विपक्षीहरूले जग्गाधनी यी रिट निवेदकलाई देखाई अनुसूची २ समेत भरी मोहियानी हकको स्थायी प्रमाण समेत पाइसकेको देखिन्छ । यस्तो अवस्थामा मोहीको लगत कट्टा नहुने ठहराएको भू.सु.को निर्णयमा कानुनी त्रुटि नदेखिने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2081 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2041/08/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बासुदेव शर्मा | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 2081 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
