नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 5019 · वि.सं. २०४१
नि.नं. 5019 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ संयुक्त इजलासले संयुक्त इजलासको पूर्व फैसलामा तथ्य फरक छ वा गलत छ, तर्कसंगत वा विवेकपूर्ण छ वा छैन वा सर्वसाधारणमा असुविधा वा कठिनाई उत्पन्न भइरहेको आदेशलाई विचारै नगरी निर्णय भएको हो भनी न्यायिक प्रक्रिया वा परिपाटीले भन्न, अर्थ गर्न र सम्झन मिल्ने नहुने । (प्र.नं. १५) § मिसिलमा प्रस्तुत भएको सम्पूर्ण कागजात निर्णय, आदेशका साङ्गवो पाङ्गो अध्ययन पश्चात कुनै प्रश्नको निराकरण गरिन्छ भनी निष्कर्षमा पुग्नु पर्दछ । यो नै न्यायिक प्रक्रिया हो । (प्र.नं. १५) § रिट निवेदन साथ नजीरको रुपमा प्रस्तुत भइसकेको आदेशलाई संयुक्त इजालासले निर्णय गर्दा दृष्टिमा राखेन भन्न र अनुमान गर्न पनि मिल्ने नदेखिने । (प्र.नं. १६) § नजिरको सिद्धान्त अनुसार कुनै कानूनको विवेचनायुक्त ब्याख्या कुनै मुद्दामा भै सकेको छ र सोही कानूनको प्रश्न पुनः उठेछ भने पूर्व व्याख्यालाई आधार मानी सो सिद्धान्तलाई अनुसरण गर्नुपर्छ तर कुनै नजिर वा निर्णययाधार गलत छ, विवेकपूर्ण तर्कसम्मत छैन र सर्वसाधारणमा कठिनाई वा असुविधा उत्पन्न हुने खालको छ र तथ्यमा नै फरक छ भने अदालतले त्यस्तो निर्णयाधारलाई आफ्नो निर्णयमा ग्रहण गर्न नसक्ने । (प्र.नं. १८) § कुनै पनि शब्द विशेषको सादृश्यताले सो शब्दको एउटै वा यो नै अर्थ हो भनी भन्न सकिँदैन । शब्दको अर्थ प्रसंगबस हुन्छ र गर्नु पर्दछ । शब्दको प्रयोग तथ्यको आधारमा उल्लेखित प्रसंगसँग ब्याख्या गर्नुपर्ने हुन्छ । त्यस अर्थमा नै नजीरको सिद्धान्तको प्रयोग सदैव लचिलो हुन्छ र यसमा खुलापनको मात्रा अधिक हुन्छ । (प्र.नं. १८) § अदालतले सुनवाई गरिरहेको मुद्दाको तथ्य र निर्णय भइरहेको नजीरको रुपमा प्रस्तुत हुन आएको मुद्दाको तथ्यमा सादृश्यता छ भने अदालतले यस्तो नजीरलाई आफ्नो फैसलामा ग्रहण गर्ने गर्दछ । नजीर स्थापित भएको मुद्दामा तथ्य र कानूनको प्रयोग कुन रुपबाट भएको छ त्यसलाई दृष्टिमा राखी अनि मात्र सुनवाई भइरहेको मुद्दामा अघिको निर्णयाधारलाई ग्रहण गर्ने नगर्ने स्थिति हुन आउने । (प्र.नं. १९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 5019 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2051/12/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशव प्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री अरविन्द नाथ आचार्य | माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४१, नि.नं. 5019 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
