सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३४५ / ४४०

नि.नं. 2278वि.सं. २०४२संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

निवेदकको पुनरावेदन नपरी फैसला हुन बाँकी नै हुँदा उक्त अञ्चलाधीश कार्यालयको पुनरावेदन निर्णयमा असर पर्ने गरी यो यस्तो कानुन हो भनी रिट क्षेत्रबाट उक्त दण्ड सजायँको महलको ३८ नं. को व्याख्या गर्दा पुनरावेदन दिने निकायको निर्णयमा प्रतिकूल असर पर्न जाने भई निजको अध…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2277वि.सं. २०४२संयुक्त इजलास

बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

सार्वजनिक सुरक्षा ऐन, २०२८ को दफा ३(१)(ख) को कुरामा विरोध पर्न जाने भनी ऐनको दफा मात्र उल्लेख गरी नजरबन्द राख्ने आदेश दिँदैमा पूर्वावस्था छ भन्न मिल्दैन । (प्रकरण नं.१५) आदेश दिने अधिकारीले ऐनको दफा ३(१) को विरोध पर्न जाने ठानेर मात्र हुँदैन सो ठान्न पूर्वावस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2276वि.सं. २०४२संयुक्त इजलास

ज्यान

ज्यान लिनेसम्मको अवस्था नपुग्दै वा गुहार मद्दत माग्न नसक्ने वा गुहार मद्दत मागे पनि बखतमा नै मद्दत पुग्न सक्ने अवस्थामा आत्मरक्षाको कसैले चोट छाडी कुनै व्यक्ति मरेमा त्यस्तोमा ज्यानसम्बन्धी महलको ७ नं. आकर्षित हुन सक्दैन । (प्रकरण नं.२३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2275वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

मोहीको मृत्यु पछि मोही हक कसलाई प्राप्त हुने भन्ने कानुनी व्यवस्था तर्फ हेरिएमा भू.सं. ऐन, २०२१ को दफा २६(१) मा...“मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निज पछि निजको पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई हुने ।” (प्रकरण नं.१६)…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2274वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

प्रहरी नियमावलीको नियम ९.६(२) को प्रतिबन्धात्मक वाक्यांशको खण्ड (ग) अनुसार सफाईको मौका दिन मनासिव नपरेको भन्ने व्यहोरा सो पर्चामा खुलाएको देखिँदैन । तसर्थ त्यस्तो पर्चालाई उक्त नियम ९.६(२)(ग) अनुसारको पर्चा भन्न मिल्दैन । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2273वि.सं. २०४२संयुक्त इजलास

लेनदेन

हक अधिकार नै नभएको व्यक्तिबाट दायर भएको फिरादबाट इन्साफ गर्न नमिल्ने । (प्रकरण नं.१४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2272वि.सं. २०४२पूर्ण इजलास

जातक मार्यो

मरेको जातक फेला पर्दैमा जीउँदो नै जन्माई मारेको भन्न स्पष्ट सबूत प्रमाणको अभावमा नमिल्ने । (प्रकरण नं.२३) जिउँदो बच्चा जन्माई मारेको हो भनी निष्कर्षमा पुग्दा पनि आफ्नो नवजात सन्तान प्रतिको ममता, जुन प्राकृतिकरूपले मातृकोखबाट निस्कन्छ त्यसलाई पनि न्यायकर्ताले ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2271वि.सं. २०४२पूर्ण इजलास

हक कायम गरी खिचोला मेटाई पाउँ

प्रतिवादीको नाउँमा स्पष्ट रूपबाट दर्ता नभएको स्थितिमा वादीको नालिश गर्ने हदम्याद गइसकेको भन्न मिल्ने देखिएन । (प्रकरण नं.१५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2270वि.सं. २०४२पूर्ण इजलास

दर्ता बदर नामसारी

वादीको हक कायमतर्फ अदालतमा मुद्दा परेकोले त्यस्तो मुद्दा पर्दा पर्दैको अवस्थामा त्यस्तो विवादका जग्गाहरूलाई प्रतिवादीले आफ्नो नाउँमा नापी दर्ता गराएको नाताबाट त्यस्तो दर्तालाई सदर मान्ने स्थिति नै हुँदैन । (प्रकरण नं.१६) अदालतमा जग्गाको हक बेहकतर्फ उजूर परेकोम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2269वि.सं. २०४२पूर्ण इजलास

ज्यान मार्ने उद्योग

दुइ भिन्दा भिन्दै अवस्थाको विवाद बिन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन । (प्रकरण नं.२९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2268वि.सं. २०४२पूर्ण इजलास

अंश

एउटै विवाद विन्दुमा दुई डिभिजन बेञ्चबाट दुई भिन्न भिन्न सिद्धान्त स्थापित हुने फैसला हुन जान्छ भने त्यस्तो अवस्थामा रूलिङ बाझिएको भन्नुपर्ने । (प्रकरण नं.१७) अलग–अलग विवाद विन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन । (प्रकरण न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2267वि.सं. २०४२पूर्ण इजलास

जबरजस्ती करणी

अर्को व्यक्तिसँग भएको चुनावको रिसइवी साँध्नका लागि आफ्नो छोरीको सतित्व तथा इज्जत लुट्यो भनी झुठ्ठा घटनाको सिर्जना गर्‍यो भन्ने कुरा अविश्वासनीय देखिने । (प्रकरण नं.२२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2266वि.सं. २०४२पूर्ण इजलास

खुन डाँका

वारदातमा आफू सावित भई पोल गर्ने सहअभियुक्तहरूको बयानमा विश्वास गर्नुनपर्ने कुनै कारण देखिँदैन । (प्रकरण नं.४२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2265वि.सं. २०४२पूर्ण इजलास

ज्यान ।

अतः शंका र अनुमानको आधारमा प्रतिवादीकै कर्तव्यबाट मृत्यु भएको भन्न नमिल्ने शंकाको सुविधा प्रतिवादीले पाउने । (प्रकरण नं.१८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2264वि.सं. २०४२पूर्ण इजलास

दर्ता बदर हक कायम

एकाको हकभोग दर्ताको जग्गा अर्काको नाममा नापी दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नुपर्ने कारणको सिर्जना भएको मान्नुपर्ने । (प्रकरण नं.१२) हक प्रमाणको प्रमाणिक अभिलेखको सिर्जना दर्ता श्रेस्ताबाटै हुने । (प्रकरण नं.१२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2263वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

निवेदनमा अनुमति प्रदान नभएको भन्ने उल्लेख भएबाट तह–तह हुँदै फैसला भई पू.क्षे.अ.बाट पनि कानुन बमोजिम फैसला भएको कानुनी त्रुटिपूर्ण भएको भन्न सकिने कुनै अवस्था नहुँदा आफ्नो अधिकार क्षेत्रभित्र रही ऐन नियमको रीत पुर्‍याई पू.क्षे.अ.ले गरेको फैसला बदर गरिपाउँ भन्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2262वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग) १ बमोजिम सञ्चालन मिति देखि ५ वर्षको लागि अन्तःशुल्क लाग्ने छैन भन्ने व्यवस्था भएको पाइने । (प्रकरण नं.१०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2261वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

नाबालकले विवाह खर्च बापत पाएको सम्पत्ति समेत जायजात हुनुपर्ने भन्ने व्यवस्था उल्लिखित नं. मा भएको पाइँदैन । (प्रकरण नं.१२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2260वि.सं. २०४२संयुक्त इजलास

लिखित पारित

लेखक साक्षी एवं फट्के साक्षी समेतलाई अदालतबाट बकपत्र गराएको नभई बयान गराएकोमा त्यस्तो अवस्थाको साक्षीहरूलाई जिरह गर्न पाउने भन्ने प्रमाण ऐन, २०३१ मा व्यवस्था भएको पाइँदैन । (प्रकरण नं.११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2259वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

मूल अड्डा प्रमुख भन्नाले नि.से.नि. २०२१ को दफा २ मा गरिएको परिभाषा अनुसार उक्त नि.से.नि. २०२१ को अनुसूची १(ख) मा उल्लेख भए अनुसार डि.एफ.ओ. हुन आउँछ । तसर्थ डि.एफ.ओ. ले विभागीय कारवाही गर्न पाउने । (प्रकरण नं.१०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2258वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

निमित्त डि.एफ.ओ.ले कारवाही गरी निमित्त कन्जरभेटरले अनाधिकार कारवाही र निर्णय गरेको उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.१३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2257वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

निवेदकको नाउँमा दर्ता रहेको जग्गा जफत गर्नुपर्ने हुन आएमा सो जग्गावालालाई बुझी निजको कुरा सुनी प्रतिवादको मौका दिई जफत गर्नुपर्ने । (प्रकरण नं.९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2256वि.सं. २०४२संयुक्त इजलास

ज्यान

शंका र विश्वासलाई परिस्थितिजन्य प्रमाणको संज्ञा दिन मिल्दैन । (प्रकरण नं.१८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2255वि.सं. २०४२संयुक्त इजलास

परमादेश

रिट निवेदन जिकिर अनुसार आदेश जारी गर्दा त्यसको निश्प्रयोजन हुन जाने हुँदा निवेदन माग बमोजिमको आदेश जारी गरिरहनु परेन । (प्रकरण नं.९)

नजिर सार पढ्नुहोस् →