नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2270 · वि.सं. २०४२
नि.नं. 2270 — दर्ता बदर नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
वादीको हक कायमतर्फ अदालतमा मुद्दा परेकोले त्यस्तो मुद्दा पर्दा पर्दैको अवस्थामा त्यस्तो विवादका जग्गाहरूलाई प्रतिवादीले आफ्नो नाउँमा नापी दर्ता गराएको नाताबाट त्यस्तो दर्तालाई सदर मान्ने स्थिति नै हुँदैन । (प्रकरण नं.१६) अदालतमा जग्गाको हक बेहकतर्फ उजूर परेकोमा त्यस्तो उजूरीको निर्णय अन्तिम रूपले भई नसक्दै त्यस्तोमा जग्गाधनी प्रमाणपूर्जा पाउँ भनी वादी आउन पर्छ भन्नु न त न्यायसंगत हुन्छ न त जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(१) को स्प्रीटसँग मिलेको छ भन्न सकिन्छ । (प्रकरण नं.१७) ऐनका हदम्याद भित्रै प्रमाण पूर्जा पाउँ भनी वादीको उजुरी परेकोले जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(१) को हदम्याद नाघेको भन्न मिलेन । (प्रकरण नं.१७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2270 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर नामसारी |
| निर्णय वर्ष / मिति | 2042/02/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा | माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय भई डिभिजन बेञ्चबाट ०४१।१।५ मा निर्णय भएको रहेछ । | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । | माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंहको राय मनासिव ठहर्छ प्र.लक्ष्मीकुमारीको हकमा इन्साफ जाँचको लागि आएको र अन्य प्रतिवादीहरूको हकमा कोर्टफी राखी दायर भएको हुँदा केही विचार गरिरहन परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2270 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
