नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 2272 · वि.सं. २०४२
नि.नं. 2272 — जातक मार्यो
सिद्धान्त / नजिर सार (Headnote Summary)
मरेको जातक फेला पर्दैमा जीउँदो नै जन्माई मारेको भन्न स्पष्ट सबूत प्रमाणको अभावमा नमिल्ने । (प्रकरण नं.२३) जिउँदो बच्चा जन्माई मारेको हो भनी निष्कर्षमा पुग्दा पनि आफ्नो नवजात सन्तान प्रतिको ममता, जुन प्राकृतिकरूपले मातृकोखबाट निस्कन्छ त्यसलाई पनि न्यायकर्ताले बिर्सिन सक्दैन । (प्रकरण नं.२३) पक्राउ भएको व्यक्तिलाई पहिलो पटक अदालतमा उपस्थित गराउँदा निजको कागज भइसकेको हुनुपर्छ भन्ने सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ७(४) को प्रतिबन्धात्मक वाक्यांश (क) मा उल्लेख भएको पाइन्छ । (प्रकरण नं.२४) एकपटक अपराधमा इन्कार रही बयान गरी अदालतबाट म्याद थप भइसकेपछि पुनः ततिम्वा गराएको कुनै कानुनी आधार देखिँदैन, तसर्थ उक्त ततिम्बा बयानलाई प्रमाणमा लिन मिल्ने देखिएन । (प्रकरण नं.२४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 2272 |
|---|---|
| मुद्दाको विषय | जातक मार्यो |
| निर्णय वर्ष / मिति | 2042/02/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह | माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४२, नि.नं. 2272 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
