सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ३४४ / ४४०

नि.नं. 2302वि.सं. २०४२संयुक्त इजलास

बाली ।

रूलिङ बाझिएको भनिएको दुई मुद्दाहरूमा मुद्दाको तथ्य समान भए पनि दुई भिन्नाभिन्नै सालको बालीको सम्बन्धमा विवाद परेको हुँदा विवादको विषय फरक देखिन आउँछ । यसरी कुनै कानुनी सिद्धान्तसँग रूलिङ बाझिएको नभई फरक विवाद बिन्दू भएका मुद्दाहरूमा भिन्नाभिन्नै भएको निर्णयलाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2301वि.सं. २०४२संयुक्त इजलास

उत्प्रषेण मिश्रित परमादेश वा जो चाहिने अन्य आज्ञा पुर्जी जारी गरिपाउँ

नदीकाट बालुबूर्जा भएमा मालपोत मिन्हा वा लगत कट्टाको लागि निवेदन दिई मालपोत मिन्हा गराउने तर्फ भूमिप्रशासन ऐन, २०२४ को दफा १५ तथा मालपोत ऐन, २०३४ को दफा २० बमोजिम कारवाही चलाई मालपोत मिन्हा गराएको देखिँदैन यस स्थितिमा वादीको विवादित जग्गामा हक स्थापित भइरहेको न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2298वि.सं. २०४२पूर्ण इजलास

लेनदेन

प्रतिवादीको जिकिरबाट रुपैयाँ लिए नलिएको विवाद उठेपछि लिखतका साक्षीहरूलाई अ.बं. १३९ नं. बमोजिम बुझी गराएको बयानलाई अन्यथा सम्झन मिल्ने देखिएन । (प्रकरण नं.२२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2297वि.सं. २०४२पूर्ण इजलास

उत्प्रेषणयुक्त परमादेश

परीक्षामा कुनै उम्मेदवारले अत्यधिक बढी अंक प्राप्त गरेको वा कुनै उम्मेदवारले अस्वाभाविक रूपले कम अंक प्राप्त गरेको मात्र एक आधारमा सो परीक्षालाई निष्पक्ष तरिकाले भएन भनी दोषारोपण गर्न मिल्दैन । (प्रकरण नं.८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2296वि.सं. २०४२पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

अंश वा अपुताली परी उक्त अधिकतम हदभन्दा बढी जग्गाको मोहियानी हक प्राप्त हुन आएमा त्यस्तो बढी जग्गा जतिको मोहियानी हक समेत श्री ५ को सरकारले तोकिए बमोजिम प्राप्त गरी तोकिए बमोजिम बिक्री वितरण गर्नेछ भन्ने व्यवस्था भएको देखिन्छ । (प्रकरण नं.११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2295वि.सं. २०४२पूर्ण इजलास

अंश

कुनै अंशियारको हित सम्बर्धनमा धेरै रकम खर्च भयो भन्दैमा उक्त रकमलाई निजले अंश वापत पाउने रकम हो भनी अंश हकबाट वञ्चित गर्न मिल्ने पनि देखिँदैन । (प्रकरण नं.११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2294वि.सं. २०४२पूर्ण इजलास

उत्प्रेषण

सबूद प्रमाण बुझी इन्साफ गर्नुपर्ने देखिएपछि अदालतमा नालिश दिन जानु भनी सुनाउनु पर्नेमा भूमिप्रशासन कार्यालय आफैंले अधिकारक्षेत्र ग्रहण गरी निखन्न पाउने ठहराएको र सोही इन्साफ सदर गरी प्रमुख जिल्ला अधिकारीले गरेको निर्णय त्रुटिपूर्ण देखिन आयो । (प्रकरण नं.९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2293वि.सं. २०४२पूर्ण इजलास

उत्प्रेषण

निखन्न दिनुपर्ने व्यक्तिले निखन्न दिनुनपर्ने कारण देखाएमा रजिष्ट्रेशनको ३५(२) नं. बमोजिम अदालतमा ३५ दिनभित्र उजूर गर्न जानु भनी सुनाउनुपर्ने । (प्रकरण नं.१८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2292वि.सं. २०४२पूर्ण इजलास

लिखत बदर

नातातर्फ कुनै कुरा नबोली लिखत बदरतर्फ वादी दावी खारेज गर्ने गरी गरेको फैसला बदर हुने । (प्रकरण नं.२०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2291वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण समेत ।

जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६(५) ले सबूत प्रमाण बुझी हक बेहकमा निर्णय गर्न पाउने अधिकार विपक्षी समितिलाई प्रदान गरेको देखिन्न, त्यस्तो हक बेहकको प्रश्न उपस्थित भएमा अदालतमा जानु भनी सुनाउनुपर्ने । (प्रकरण नं.१०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2290वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण समेत

निर्णय कानुनले तोकेको कार्यविधि अपनाई भएको नभई त्रुटिपूर्ण देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2289वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

अधिकार विहिन प्रमुख भन्सार अधिकृतले सोधेको स्पष्टीकरण र निजैले उठाएको टिप्पणीको आधारमा निवेदिकालाई सेवाबाट बर्खास्त गर्ने गरेको विपक्षी भन्सार विभागको निर्णय र सो निर्णय सदर गरेको विपक्षी अर्थ सचिवको निर्णय समेत त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2288वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

आफ्नो अधिकार नभएको विषयमा जिल्ला कार्यालय काठमाडौंले गराएको कागज अधिकार क्षेत्रात्मक त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.१०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2287वि.सं. २०४२संयुक्त इजलास

कर्तव्य ज्यान

कुनै रिसइवी भएको र ज्यान मार्नुपर्ने सम्मको इवीलाग वा मनसाय रहेको पनि देखिन आउँदैन । ऐन बमोजिम सर्वस्वसहित जन्मकैद गर्दा सजायँ चर्को पर्ने देखिएकोले अदालती बन्दोवस्तको १८८ नं. बमोजिम कैद हुने । (प्रकरण नं.२३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2286वि.सं. २०४२संयुक्त इजलास

निषेधाज्ञा

निषेधाज्ञाको आदेश जारी हुनको लागि अधिकारमा आघात पर्ने आशंकाको विद्यमानता हुनु आवश्यक हुने । (प्रकरण नं.१०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2285वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

निवेदकलाई असर पर्ने गरी निजले पाउने क्षतिपूर्तिको रकम रोक्का गरी जग्गा गुठी संस्थान अन्तर्गत राख्ने भनी गुठी संस्थान केन्द्रीय कार्यालयले निर्णय गर्दा रिट निवेदकलाई बुझी निजलाई आफ्नो कुरा भन्ने प्रतिवाद गर्ने मौका दिएर निजको कुरा समेत सुनी निर्णय गर्नुपर्ने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 2284वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

रा.प.अ.द्वितीय श्रेणीको बढुवा समितिको बैठक जिल्लाको सदरमुकाममा बस्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था भइरहेको देखिएकोले सोको विपरीत रसुवा धुन्चेमा बस्नुपर्ने बढुवा समितिको बैठक बागमती अञ्चल अदालतमा बसेको कानुनी नदेखिने । (प्रकरण नं.१२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2283वि.सं. २०४२संयुक्त इजलास

राजीनामा पास

विशेषज्ञले प्रष्ट रूपमा दिएको राय र त्यसलाई अदालतको आदेशानुसार अदालतमा उपस्थित भई प्रमाणित समेत गरिदिएकोलाई शंका गरी बोर्ड गठन गरी पुनः जाँच गरिपाउँ भन्ने जिकिर पुग्न सक्तैन । (प्रकरण नं. १७)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2282वि.सं. २०४२संयुक्त इजलास

प्रतिषेध वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

बन्न लागिरहेको घर नबनाउनु भनी रोक्का पुर्जी दिन पाउने अधिकार गा.पं.का. लाई गाउँ पञ्चायत ऐन, २०१८ को कुनै दफाले प्रदान गरेको नदेखिने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2281वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषण

फाँटवालाले उठाएको टिप्पणीलाई निर्णय गर्ने अधिकारीले कुनै आधार र कारण समेत नखोली सदर गरी निर्णय गरेको देखिन्छ । निर्णय गर्ने अधिकारीले निर्णयमा पुगिएको प्रमाण र आधारहरू समेत खोली निर्णय गर्नुपर्ने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2280वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

कमाई आएको जग्गाको बाली बुझाउँदै आएको मोही देखिँदा भन्दै निजको आचरण समेतलाई आधार बनाई मोही यथावत कायम राख्ने गरेको निर्णयमा न्यायिक मनको प्रयोग भएको भन्नुपर्ने । (प्रकरण नं.१०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 2279वि.सं. २०४२संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

सबूद प्रमाणको मूल्याङ्कन नगरी विपक्षीको नाउँमा मोही कायम हुने ठहराएको भूमि सुधार कार्यालयको निर्णय हचुवा भई त्रुटिपूर्ण देखिँदा उक्तनिर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)

नजिर सार पढ्नुहोस् →